स्काई समाजको क्षेत्रीय कार्याशाला

पोखरा, २९  मंसिर /स्काई समाज नेपालको क्षेत्रीयस्तरको कार्याशाला शनिबार पोखरामा सम्पन्न भएको छ । समाजद्वारा सञ्चालित जवाफदेहिता र पारदर्शीताका लागि नागरिक कार्यको नतिजा कार्यक्रम (कार्टा) ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआइडीपी) अन्तर्गत विभिन्न जिल्लामा भएका कार्यक्रमहरुको कार्याशालामा समिक्षा गरिएको थियो । sky

कार्टा आरएआइडीपीमा समुदायको शसक्तीकरण परिचालनमार्फत गुणस्तर नियन्त्रण र परिणामको सुनिश्चितताका लागि परियोजना अवधिमा १६ जिल्लामा गरिएका विभिन्न गतिविधिका उपलब्धी र सिकाइको समिक्षा गरिएको स्काई समाजका विष्णुप्रसाद कँडेलले जानकारी दिए ।
कार्यशालामा संस्थाको तर्फबाट टिम लिडर प्रभाकर पण्डितले प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमाथि ४ जिल्लाबाट सहभागी सामाजिक विकास परामर्शदाताहरु, परियोजना इन्जिनियरहरु तथा जिल्लाका स्थानीय विकास अधिकारीहरुले आ–आफ्नो धारणा राख्दै संस्थाले गरेको कार्यले जिल्लामा आरएआइडीपी परियोजना सफल पार्न महत्वपूर्ण सहयोग पुगेको बताए । आगमी परियोजनाहरुमा थप प्रभावकारी ढंगले अगाडि बढुनुपर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सिना, रसुवाका स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डे, कपिलबस्तुका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, सहभागीहरु विनोद पन्त, धु्रब शर्मा, मानसिंह खत्री, दीपेन्द्रराज शाही, स्थानीय सडक उपभोक्ता समितिका प्रतिनिधिहरुमध्ये कपिलबस्तुका दुर्गा घिमिरे, नवलपरासीका रोशन थापा लगायतले परियोजना बारेमा चर्चा गरेका थिए । आरएआइडीपी नेपाल सरकार र विश्वबैंकको साझेदारीमा ग्रामीण सडकको स्तरउन्नती गर्ने परियोजना हो ।

कमेन्टहरु
Loading...