पोखरा, २९ मंसीर /पोखरा १८ छिनेडाँडामा रहेको शुक्रराज भलभद्र उच्च माध्यमिक विद्यालयको भुपु विद्यार्थी यसोसेसको अबिधेशन सम्पन्न भएको छ । विद्यालयका संस्थापक तथा भुपु शिक्षक भक्त बहादुर कार्कीको प्रमुख आतित्यतामा सम्पन्न अबिधेशनले पुनः राजेन्द्र पराजुलीको अध्यक्षतामा १५ सदस्ययीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सिता थापा, सचिबमा राजेन्द्र भण्डारी, सह–सचिबमा विष्णु प्रसाद पोख्रेल र कोषाध्यक्षमा दिपेन्द्र कार्कीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कमला बस्नेत, सुकुमाया बस्नेत, सरस्वती तिवारी, सिताराम भण्डारी, अर्जुन कुवर, रामकृष्ण श्रेष्ठ, राजु गुरुङ्ग, र डिल्लीराम नेपाली सर्वसम्मत चयन भएका छन् ।
