प्रजातन्त्रका सेनानी पौडेलको निधन

पोखरा, २९ मंसीर /प्रजातन्त्रका सेनानी एवम लामाचौरकै जेष्ठ नागरिक गंगाधर पौडेलको शुक्रबार राती निधन भएको छ । लामाचौर गाविस वडा नम्बर ९ घार्मी निवासी ८९ वर्षिय पौडेलको आफ्नै निवासमा निधन भएको हो । विक्रम सम्वत १९८२ भाद्र ५ गते जन्मनु भएका पौडेलले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गाउँकै बयोबृद्ध पौडेलले गाउँमा विद्यालय निर्माण लगायत शैक्षिक र सामाजिक क्षेत्रमा योगदान दिएका थिए । पौडेलेको शनिबार लामाचौरस्थित शिवालयघाटमा अन्त्येष्टी गरिएको छ । पौडेलका छोरा रामप्रसाद पौडेलले दागवत्ती दिए । स्वर्गिय पौडेलका एक श्रीमती एक छोरा र ५ छोरी छन् ।

कमेन्टहरु
Loading...