विन्दुवासिनी संस्कृत विद्यापिठमा भट्टराई

पोखरा, २८ मङ्सिर । विन्दुवासिनी संस्कृत विद्यापिठ, पोखराको क्याम्पस प्रमुखमा उप–प्राध्यापक अम्बिकाप्रसाद भट्टराई नियुक्त भएका छन् । नेपाल संस्कृत विश्व विद्यालय कार्यकारी परिषद्ले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । भट्टराई यस अघि सोही क्याम्पसको नेपाली विभाग अध्यक्ष थिए । नव नियुक्त क्याम्पस प्रमुख भट्टराईले शुक्रबार क्याम्पसमा आयोजित एक कार्यक्रमबिच पदस्थान गरेका छन् । उनलाई क्याम्पसका क्रियाशिल प्राध्यापक संघहरु, स्वतन्त्र विद्यार्थी युनियन, कर्मचारी संघ र विद्यार्थीले स्वागत गरे ।

sasविन्दुवासिनी संस्कृत विद्यापीठ विकास समितिका अध्यक्ष ऋषि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी सदस्य शारदा पौडेल संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. २बाट सभासद्मा निर्वाचित भएकोमा बधाई उनलाई बधाई ज्ञापन पनि गरिएको थियो । क्याम्पस प्रमुखमा नियुक्त भएपछि भट्टराईले क्याम्पसको भौतिक संरचना निर्माण र संस्कृति शिक्षालाई संरक्षण र विकास गर्न आफु लागि पर्ने आदर्श समाजलाई जानकारी दिए ।

वि. स. २०२२मा ढोरफिर्दी–२, तनहुँमा जन्मिएका उनले नेपालीमा स्नातकोत्तर र नेपाली शिक्षा शास्त्रमा स्नातक गरेका छन् । वि. स. २०६१देखी २०६३सम्म उनले सोही क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साहित्य र समाजसेवामा पनि क्रियाशिल भट्टराई बारही साहित्य प्रतिष्ठान, तनहुको अध्यक्ष, तनहुँ सम्पर्क समाज, पोखराको महासचिव, आदिकवि भानुभक्त आचार्य द्धिशतवार्षिक समारोह समिति पोखराको सचिवजस्ता अन्य दर्जनौ साहित्यिक र सामाजिक संस्थाको जिम्मेबारीमा क्रियाशिल छन् ।

उत्तर मध्यमा(प्रमाणपत्र) र शास्त्री(स्नातक) तहको पढाई हुने विद्यापिठमा हाल एक सय १७ विद्यार्थी र २२ शिक्षक कार्यरत छन् ।

कमेन्टहरु
Loading...