कोरोना महामारी पश्चात तंग्रिने कोसिसमा रहेको पोखराको सुन्दरता तस्बिरमा

सबै तस्बिर रासस

पोखरा । पर्यटकीय सहर पोखराको सुन्दरतालाई शब्दमा बयान गर्न सकिदैन । नेपाल भ्रमणका लागि आउने पर्यटकहरु जोकोहीको पनि योजना पोखरा आउने र यहाँको प्राकृतिक सुन्दरतासंग रमाउने हुन्छ ।

तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पोखराको पर्यटन क्षेत्र अछुतो रहन सकेन । केही महिनासम्म ठप्पै बनेको पोखराको पर्यटन क्षेत्र अहिले भने फेरी तंग्रिने सुरसारमा छ ।

बाह्यभन्दा आन्तरिक पर्यटकहरु पोखराको सुन्दरता नियाल्न आउने क्रम बढिरहेको । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन व्यवसायीले छुट दिने क्रम बढेपछि पोखरामा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको हो ।

 

कमेन्टहरु
Loading...