एक करोड २५लाख संकलन, यज्ञ शनिबार समापन हुने

पोखरा, २८ मंसिर/रष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा पोखरा रंगशालामा मंसिर २२ गते देखि जारी श्रीमद् भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको सातौं दिन श्रदालु भक्तजन र दानविरहरुको अपार सहभागिता भएको छ । शुक्रबार सातौं दिन मात्र २९ लाख रुपैयाँ दानविरहरुले दान गरेका छन् । यो संगै एक करोड २५ लाख रुपैयाँ नगद दान प्राप्त भएको महासंघका केन्द्रिय कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सातौं दिन सम्ममा अन्दाजि १२६ टन धान दान स्वरुप प्राप्त भएकोे छ । त्यस्तै शुक्रबार नै चार मुरी चामल दान स्वरुप प्राप्त भएको छ ।महायज्ञमा शुक्रबार सभासद्हरु रविन्द्र अधिकारी र यज्ञबहादुर थापाले समेत सहभागिता जनाएका थिए । दुवै सभासद्ले राज्यले लिने विकास निर्माणको दायित्व परोपकार महासंघले सेयर गरेको भन्दै हरेक सकारात्मक काममा आँफुहरुको सहयोग र साथ रहने उल्लेख गरे । परोपकार महासंघले लिएको लक्ष्य पुरा गर्न र राज्यलाई दवाव दिन आँफुहरु पछि नपर्ने उनिहरुको भनाई थियो । परोपकार महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास , गौरक्षा अभियान, अन्र्तगतको नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउनुका साथै बचत रकमबाट क्षीरसागर अक्षयकोष स्थापना गर्ने उधेश्यले महायज्ञ लगाइएको हो ।

महासंघका अध्यक्ष समेत रहेका भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम स्वयमले कथा बाचन गरेको सो महायज्ञ शनिबार समापन हुनेछ । सुरुका दिनहरुमा महायज्ञमा श्रद्धालु भक्तजनहरु थोरै कम देखिएको भएपनि दिन प्रतिदिन सहभागिता बढ्दै गएकाले महायज्ञ आसा गरे भन्दा बढि सफल हुँदै गएको प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले बताए । महायज्ञमा समापनका दिन पनि श्रद्धालु भक्तजनको अपार उपस्थिति रहने र सोही अनुरुप दानविरहरुले मन फुकाएर दान गर्ने मिडीया परिचालन उपसमिति संयोजक महाप्रसाद सुवेदीले जनाएका छन् ।

कोषाध्यक्ष गौतमका अनुसार शुक्रबार रकम दान गर्ने दानविरहरु मध्य पूर्व सभासद् एवं पोखराका प्रतिष्ठित उद्योगपति सुर्यबहादुर केसीले ५ लाख, पोखरा ८का टेकन गिरीले १ लाख ३० हजार ११, लामाचौर ३ कास्कीका कल्याण कुमार सिंह भण्डारीले १ लाख १ हजार १५१, पोखरा १३ का देवराज÷प्रभा बरालले १ लाख १ हजार १११,भरत पोखरा ९ कास्कीका ऋितुनाथ आचार्यले १ लाख १ हजार १११, पूर्व कर्मचारी सेवा परिषद कास्कीले ५४ हजार ६९५, पोखरा १५का निलबहादुर बानियाले ५२ हजार ५०५, पोखरा ८का भूवन÷भगवती नेमकुल र पोखरा ६ बैदामकी खगेश्वरी पहारीले ५१ हजार १५१, ५१ हजार १५१, काठमाण्डौ ७ सावित्रि खनालले ५१ हजार १०५, पोखरा ६का चुडामणी अधिकारीले ५१ हजार १११, पोखरा ५का झलक बहादुर कार्कीले ५० हजार ५७५ र सरला घिमिरेले ५१ हजार १०५ रुपैयाँ दान रकम प्रदान गरेका छन् ।

त्यस्तै, पोखरा १०का सुवेदार नरबहादुर भुपाल चापागाईले ५० हजार १०५, लेखनाथ ३ का रामकृष्ण जिसीले ५० हजार ५५,राष्ट्रिय परोपकार महासंघ लेखनाथ नगर इकाईले ३५ हजार ५५, पोखरा ५का मान बहादुर कार्कीले ५० हजार ५५५, आरुखर्क ६ स्याङजाका मोहनी प्रसाद पौडेलले, ५१ हजार १०५, महिला ससक्तिकरण उपसमिति भरतपुर २ चितवनले २६ हजार ३१५, लेखनाथ २का प्रभा पौडेलले २५ हजार ५२५, पोखरा ११का बसुदेव अधिकारीले २५ हजार ५२५, बगालेटोल पोखराका बासिन्दाले २५ हजार ६७२, सत्य सेवा आमा समुह पोखरा १३, पोखरा १३का बाबुराम सापकोटा पोखरा ११का विश्वनाथ बास्तोला, पोखरा १५ राम बजारका अवतार थापा, राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा १ इकाई र पोखरा ८ सिमलचौरका विश्वनाथ बरालले जनही २५ हजार ५२५, पोखरा ५ मालेपाटन का रामकला खत्रीले २५ हजार १२७, कृष्ण मावि पोखरा ७ले २७ हजार ७७७ र भाविश्य निर्माण मावि भोटे अडार लम्जुङले २१ हजार १११ रुपैयाँ प्रदान गरेका पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...