विगतमा जस्तै यस बर्ष पनि भदौरे देउरालीमा भदौरे पञ्चासे महोत्सव २०७० ९द्यजबमबगचभ एबलअजबकभ ँभकतष्खब िद्दण्ठण्० हुने भएको छ । कास्की जिल्लाको भदौरे तामागी गाविस अन्तरगत वडा नं १ मा अवस्थित देउराली डांडामा विगत १५ बर्ष देखि निरन्तर रुपमा महोत्सव सञ्चालन हुँदै आएको छ । भदौरे क्लवको आयोजनामा सञ्चालन हुदै आएको सो मेला यही २०७० पौष ३ गते देखि ८ गते सम्म सञ्चालन हुने जनाईएको छ ।महोत्सव अन्तरगत पुरुष भलिवल प्रतियोगिता, फूटबल प्रतियोगिता, लाईभ कन्सर्ट ( मनसाय बैण्ड, पोखराको सहायोगमा), विभिन्न साँस्कृतिक कार्यक्रमहरु, गुरुङ् संग्रहालय प्रदर्शन, बाल उद्यान, र विभिन्न प्रांगारिक कृषि का प्रदर्शनी स्टलहरु रहने कुरा भदौरे क्लवका अध्यक्ष आइनदल गुरुङ्ले जनाएका छन ।
भदौरे पञ्चासे महोत्सवमा पोखरा देखि जानको लागि पोखरा उपमहानगरपालिकाको हरिचोक बाट जिपको व्यवस्था गरिएको जानकारी पनि अध्यक्ष गुरुङ्ले दिए । पोखरा देखि ३० किमि पश्चिम पञ्चासेको काखमा भदौरे गाँउ रहेको छ । भदौरे जानको लागि पोखरा बाट हेम्जा नागडाँडा, पाउँदुर हुदै पुग्न सकिन्छ । महोत्सव सफल पार्नको लागि स्थानिय यूवाहरु र सम्पूर्ण गाउँबासीहरु जुटेका छन् ।
महोत्सव सम्पन्न गर्नको लागि आइनदल गुरुङ्को संयोजकत्वमा २१ सदस्य भएको समिति गठन गरिएको कुरा प्रचार प्रसार संयोजक विवेक गुरुङ्ले जनाएका छन् । जस जस अन्तरगत आर्थिक संयोजक लक्ष्मी गुरुङ, प्रचार संयोजक विवेक गुरुङ, सचिव जीवन गरुङ, खेलकुद संयोजक शुरेस गुरुङ रहेका छन् । मेलाको प्रवद्र्धन नेपाल पर्यटन वोर्डले गरेको छ भने आर्थिक सहयोग सम्पुर्ण स्थानिय वासिहरु, भदौरे तामागी गाविस, जिल्ला विकास समितिको कार्यालय कास्की, जिल्ला वन कार्यालय कास्की, र विभिन्न संघ संस्थाहरुले गरेका छन ।