छात्रतर्फ मनकामना बोर्डिङ स्कुल र छात्रातर्फ माउण्ट अन्नपूर्ण उमाविलाई ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय बास्केटबलको उपाधि

पोखरा, २६ मङ्सिर।डिफेडिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरामा सञ्चालित ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। छात्रातर्फ फाइनलमा प्रवेश गरेका छन्।
Winner Team Manakamana Boarding Schoolबिहीबार पोखरा र·शालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनल खेलमा माउण्ट अन्नपूर्ण उमाविलाई ५८–३२ को विशाल स्कोरअन्तरले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनकामनाले उपाधि जित्न सफल भएको हो। सो खेलमा मनकामनाका सुदीप तिलिजाले सर्वाधिक १८ स्को गरेका थिए।तेस्रो स्थानको लागि भएको खेलमा सोसल पब्लिक स्कुलले लिटिल स्टेप उमाविलाई १९–१६ ले पराजित ग¥यो। सोखेलमा सोसल पब्लिकका विनय छन्त्यालले सर्वाधिक नौ स्कोर गरेका थिए।
यस्तै छात्रातर्फको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमाविले टप्स उमाविलाई २१–१२ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्णकी एलिना तिलिजा पुनले सर्वाधिक आठ स्कोर गरेकी थिइन्। तेस्रो स्थानको लागि भएको खेलमा मनकामना बोर्डिङ स्कुलले सरस्वती आदर्श विद्याश्रमलाई ९–५ ले पराजित ग¥यो। सो खेलमा माउण्ट मनकामनाकी सीमान पुनले सर्वाधिक पाँच स्कोर गरेकी थिइन्। प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। छात्रछात्रातर्फको प्रथम पुरस्कार कास्की जिल्ला फुटबल सङ्घका उपाध्यक्ष मिलन गुरुङले प्रायोजन गरेका थिए।
प्रतियोगितामा छात्रतर्फ माउण्ट अन्नपूर्ण उमाविका प्रकाश गुरुङ र छात्रातर्फ टप्स उमाविका विमला चौधरी उत्कृष्ट खेलाडी घोषित भएका थिए।
विजेता तथा उपविजेता टीमलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय अध्यक्ष लामा टेण्डी शेर्पा, उपाध्यक्ष जुमप्रसाद गुरुङ, मुख्य प्रायोजक कर्णेल जेपि क्रस, कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेन, नेपाल भलिबल सङ्घका केन्द्रीय सचिव रामनाथ भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च कस्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, नेपाल विद्यालय बास्केटबल सङ्घका उपाध्यक्ष रमाकामन्त बराल, ग्लोबल कलेजियट उमाविका प्रिन्सिपल बाबुराम पन्त, माउण्ट अन्नपूर्ण उमाविका प्रिन्सिपल रामजी शर्मा, सहारा क्लबका महासचिव केशवबहादुर थापा, बास्केटबल सङ्घ कास्कीका सचिव धोजकुमार गुरुङ, कोषाध्यक्ष कृष्ट गुरुङ, संस्कृतिकर्मी बुद्धिमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुअ अतिथि नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेण्डी शेर्पाले खेलकुदले सबै जातजाति, भाषाभाषी समुदाय तथा संसारका सबै मुलुकलाई एकै सूत्रमा बाँध्न सफल भएको बताए। उनले नेपालले दक्षिण एसियाका केही राष्ट्रलाई पाजित गरिसकेको र निकट भविष्यमै हुन लागेको दक्षिण एसियाली च्याम्पियनसीपमा नेपालको बलियो उपस्थिति देखाउने दाबी गरे।सो अवसरमा नेपाल विद्यालय बास्केटबल सङ्घका उपाध्यक्ष रमाकामन्त बराल, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने, मुख्य प्रायोजक कर्णेल जेपि क्रसले मन्तव्य राखेका थिए।
कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण पुनले स्वागत मन्तव्य र सचिव धोजकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। मङ्सिर २३ देखि सञ्चालित सो प्रतियोगितामा छात्रतर्फ ११ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको थियो।

कमेन्टहरु
Loading...