राष्ट्रिय महिला भलिवल पौष २७ देखि पोखरामा

 सागर राज तिमिल्सिना
पोखरा, २७ मंसिर/नेपाल भलिवल संघको आयोजना राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग, क्षेत्रिय भलिवल संघको संयोजन तथा जिल्ला भलिवल संघ कास्कीको व्याबस्थापनमा १८ ओैं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिता पोखरामा हुने भएको छ ।

पौष २७ देखि माघ १ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुने भएको नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । २८ औं संस्करणको पुरुष भलिवल भने नवलपरासिमा हुने भएको गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पाँच विकास क्षेत्रबाट पाँच टिम, विभागिय नेपाल प्रहरी र सशस्त्र प्रहरी वल (एपिएफ) र त्रिभुवन विश्वबिद्यालयको एक टीम सहित ८ टिमको सहभागिता रहने भएको क्षेत्रिय संघका सचिव विडि नेपालीले बताए । १२ जना खेलाडी सहित ३ जना अपिसियल गरी १५ जनाको टिमलाई संघले खाना बस्नको व्यबस्था सहित भक्ताको समेत व्याबस्था मिलाउने उपाध्यक्ष गुरुङले जनाए ।

कमेन्टहरु
Loading...