अन्तराष्ट्रिय पर्बतिय दिवस पोखरामा पनि मनाईयो, (कसरी मनाए फोटो फिचर)

गोकुल बानियाँ/पोखरा २६ मंसिर । अन्तराष्ट्रिय पर्बतिय दिवसको अबसरमा पोखरामा दुई वटा संस्था र एक जना ब्यक्ति सम्मानित भएका छन् । दिबसको अबसरमा आज पोखरामा आयोजित कार्यक्रममा पर्बतिय बाताबरण संरक्षणमा योगदान पु¥याएको भन्दै उनिहरुलाई पुरस्कृत गरिएको हो ।

mountain (2)पर्बतिय क्षेत्र र बाताबरण संरक्षणमा योगदान पु¥याउने सिद्धथानी सामुदायिक बन उपभोक्ता समुह धरमपानी तनहु पहिलो हुदै नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । संरक्षण क्षेत्रमै योगदान पु¥याएको भन्दै म्याग्दी अर्मन–९ का जगन लाङघालीलाई दोस्रो पुरस्कार स्वरुप नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति भुजुङ लम्जुङले तेस्रो हुदै १० हजार पुरस्कार प्रप्त गरेको छ ।

उनिहरुलाई क्षेत्रिय कृषी निर्देशक धर्मदक्त बराल, क्षेत्रिय बन निर्देशक राजन कुमार पोखरेल, बन बिज्ञान अध्ययन संस्थानका डिन चिरिञ्जिबी प्रसाद उपाध्यय र पुनराबेदन अदालत पोखराका सहन्यायधिबक्ता नारायण पौडेलले पुरस्कार प्रदान गरेका थिए । पर्बतिय बाताबरण संरक्षणमा योगदान पु¥याउने ब्यक्ति तथा संस्था मध्य क्षेत्रिय स्तरमा उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको पश्चिमाञ्चल क्षेत्रिय बन निर्देशक पोखरेलले बताए ।

कार्यक्रममा पश्चिमाञ्चलमा बिद्यमान अबस्था र सवालहरु बिषयमा कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रिय बन निर्देशनालय पोखराका उप–सचिब केदारनाथ पौडेलले पश्चिमाञ्चलको तराईमा बन क्षेत्र घट्दै गएको र उच्च पहाडि भेगमा बढ्दै गएको बताए । यस क्षेत्रमा कुल क्षेत्रफलको ३३ .७० प्रतिशत बन क्षेत्र रहेका भएपनि यसलाई बढाउन चुनौति रहेको बताए । भिरालो पाखामा जग्गा बिकास कार्यक्रम, पानीको स्रोत सुक्दै जानु, बिकास निर्माण कार्य बाताबरण मैत्री नहुदा पर्बतिय क्षेत्रको संरक्षणमा चुनौति देखिएको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ( एक्याप ) का संरक्षण अधिकृत अशोक सुबेदीले पर्बतिय संरक्षणमा स्थानिय समुदाय परिचालनको प्रयास, चुनौति र संभाबनाको बिषयमा जानकारी गराएका थिए । एक्यापले स्थानिय समुदायलाई केन्द्रमा राखेर संरक्षणको काम गरिरहेको उनले बताएका छन् ।

लि–बर्डका कार्यक्रम संयोजक केशब थापाले एकिकृत संरक्षण र बिकासको अबधारणमा स्थानिय समुदायलाई सहभागि गराई अनुसन्धानात्मक कार्य गरिरहेको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले कृषी प्रणाली, बिकास निर्माणका काम बाताबरण मैत्री र पर्बतिय बाताबरण संरक्षणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

सन् २००३ देखि डिसेम्बर ११ का दिन अन्तराष्ट्रिय पर्बतिय दिबस मनाईदै आएपनि यस बर्ष पहिलो पटक मोफसलमा मनाईएको हो । यसअघि केन्द्रिय स्तरमा मात्रै दिबस मनाईदै आएको थियो । दिबसको अबसरमा क्षेत्रिय बन निर्देशनालय पोखराको आयोजनामा भएको क्षेत्रिय भेलामा कास्की सहित पश्चिमाञ्चलका स्याङजा, पर्बत, म्याग्दी, मनाङ, तनहु लगायतका जिल्लाका भू–संरक्षण अधिकृत र जिल्ला बन अधिकृत तथा कृषी र पशु कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।mountain (4)mountain (6)

mountain (1)

 mountain (3)

कमेन्टहरु
Loading...