पोखरा, २५ मंसिर/कास्की जिल्लाका विभिन्न संघ संस्था, विद्यालय, नृत्य प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइरहनु भएका नृत्य प्रशिक्षकहरु संगठित भएका छन । लोक, आधुनिक, शास्त्रीय, विšबोइङ लगायतका नृत्य विधामा प्रशिक्षण दिइरहनु भएका नृत्य प्रशिक्षकहरुको पोखरामा सोमवार सम्पन्न प्रथम भेलाले अनुशीलन कला पाठशालाका सञ्चालक तथा प्रशिक्षक गोरे गुरुङ संयोजकत्वमा ७ सदस्यीय प्रारम्भिक पहल समिति गठन गरेको छ । नवगठित सदस्यहरुमा अरमान गुरुङ, राजबहादुर गुरुङ, सुवास राई, अमन तामाङ, राहुल थापामगर र प्रिति गुरुङ चयन हुनु भएको छ । यसैगरी भेलाले समितिको सल्लाहकारहरुमा वरिष्ठ सँस्कृतिकर्मी बुद्धिमान दुरा(धम्पु), मेनकाजी गुरुङ र पदमराज ढकाल चयन गरेको छ ।
गठित समितिले विशुद्ध नृत्य प्रशिक्षकहरुलाई संगठित गर्दै नृत्य प्रशिक्षक एवं कलकारका पेशागत हकहित, अधिकारका लागि क्रियाशील रहने निर्णय गरेको छ ।
भेलाका संयोजक गोरे गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी बुद्धिमान दुरा(धम्पु), मेनकाजी गुरुङ, पदमराज ढकालले नृत्य प्रशिक्षकको महत्व, संस्थाको आवाश्यकता र हकहितका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राजबहादुर गुरुङले गर्नुभएको थियो । भेलामा ५३ जना प्रशिक्षकहरुको उपस्थिती रहेको अरमान गुरुङले जानकारी दिनुयो ।