महायज्ञको चौथो दिन सम्म ५५ लाख नगद दान

पोखरा, २५ मंसिर/राष्ट्रिय परोपकार महासङघ नेपालको आयोजनामा पोखरा रंगशालामा जारी श्रीमद भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको चौथो दिन सम्म ५५ लाख नगद दान प्राप्त भएको छ । जस मध्य चौथो दिन मंगलबार मात्र १४ लाख रुपैयाँ नगद दान प्राप्त भएको परोपकार महासंघ नेपालका कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । त्यस्तै मंगलबार सम्ममा झण्डै एक सय क्विन्टल धान दान स्वरुप प्राप्त भएको छ । मंगलबार मात्र ४५ क्विन्टल धान प्राप्त भएको कोषाध्यक्ष पौडेलले जानकारी दिए ।उनका अनुसार मंगलबार नगद दान दिने मध्य पोखरा ५का द्रोणराज÷हरिमायाँ अधिकारी द्धारा ३ लाख १७ हजार,राष्ट्रिय परोपकार महासंघ जिल्ला साखा बाग्लुङ द्धारा १ लाख १ हजार ४१५, पोखरा १५ ढुंगेसाँगुका रोम बहादुर भण्डारी द्धारा १ लाख १ हजार १११, पोखरा १५का भक्त बहादुर खत्री र पोखरा ५ पस्र्याङका तुलसी प्रसाद देवकोटा द्धारा जनही ५५ हजार ५ सय ५५, पाखराकी दिब्य कुमारी पोखरेल द्धारा ५१ हजार ५५५, क्षेत्री समाज नेपाल बाग्लुङ नगरपालिका ३ गुठी द्धारा ५१ हजार १११, पोखरा १७ विरौटाकी खिम कुमारी पौडेल द्धारा ५० हजार ११०, रजहर नवलपरासीका ललित बहादुर बोहोरा द्धारा ४१ हजार, पोखरा ८ राष्ट्रबैंक मार्गका खेमनाथ शर्मा पौडेल द्धारा ३० हजार १५५, मुलपानी उच्च मावि मुलपानी ६ बाग्लुङ द्धारा ३० हजार ५, बुटवलका डिल्लीराज भण्डारी द्धारा २६ हजार, पोखरा ८ का कृष्ण बहादुर कुँबर द्धारा २५ हजार ५५५, सिद्धेश्वर मातृ शक्ति समुह पोखरा १५ टुटुंगा द्धारा २५ हजार १७०, जाल्पादेवि महिला उद्धार समुह पोखरा ८ द्धारा २५ हजार ११५, पोखरा ८ सीमलचौरका लक्ष्मि पौडेल द्धारा २५ हजार २५ र महिला उद्धार समुह पोखरा १७ द्धारा २२ हजार ६०५, प्राप्त भएको कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, परोपकार नारी समुह पोखरा ३ द्धारा १९ हजार ४०६, श्रीकृष्ण मन्दिर आमा समुह १०÷१५ द्धारा १६ हजार २५५, राम मन्दिर संरक्षण समिति पोखरा १७ द्धारा १५हजार १११, सृजना आमा समुह पोखरा १७ द्धारा १५ हजार १५१, पोखरा १२ पिपल डाँडीका कृष्ण बहादुर कार्की द्धारा १५ हजार १०५, परोपकार सर्वेश्वर नारी समुह पोखरा ४ द्धारा १५ हजार ५०५, उदय उच्च मावि ब्यस ८ तनहुँ द्धारा १५ हजार १०५ र पोखरा ८ का नुरप्रसाद पराजुली द्धारा १५ हजार १०५ दान स्वरुप नगद प्राप्त भएको उनले जानकारी दिए ।

मंसिर २२ गते देखि पोखरा रंगशालामा जारी महायज्ञ मंसिर २९ गते सम्म सञ्चाल हुनेछ । महायज्ञमा पारेपकार महासंघका समेत अध्यक्ष रहेका भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम स्वयम मुख्य कथा बाचक रहेका छन् । महायज्ञमा बाहिरी जिल्लाहरु बाट सहयोग आउने क्रम अझै बढ्ने प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिएका छन् ।

बालआश्रम, गुरुकुल आश्रमको क्षमता वृद्धि,गौरक्षा ,अध्यात्मिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग, महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास गर्न यज्ञ खर्चवाट शेष रहेको रकम क्षीरसागर अक्षयकोष स्थापना गर्ने,े नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउने उधेश्यले महायज्ञ लगाइएको हो ।

कमेन्टहरु
Loading...