महिला हिंसा कम गर्न घर÷घरमै सचेतना आवश्यक

उमा आलेमगर
पोखरा, २५ मंसिर/महिला हिंसाको सुरुवात घरबाट हुने भएकोले त्यसको अन्त्य गर्न घर÷घरमै सचेतना जगाउनु पर्ने आज पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला हिंसा विरुद्धको अभियानका अवसरमा रेडियो अन्नपुर्ण र अन्नपुर्ण म्युजिक एफ.एमले आयोजना गरेको ‘महिला हिंसा विरुद्ध १६ दिने अभियान उपलब्धि र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले महिला माथि हिंसा घरबाटै हुने भएकोले हिंसालाई लुकाएर राख्न नहुने बताए ।

कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयका सुपरभाईजर बेलकुमारी गुरुङले पहिलेको तुलनामा महिला हिंसामा कमी आएपनि अझै पनि पुरुषहरुबाट हिंसा हुन्छ भन्ने कुरा उनीहरुले नस्विकारेको बताउनुभयो । मानवअधिकारका लागि महिला एकल महिला समुहका क्षेत्रीय अध्यक्ष दुर्गा न्यौपानेले हिंसाका रुपहरु परिवर्तन हुदैँ बढ्दै गएकोले यसलाई रोक्नको लागि महिला नै जागरुक हुनुपर्ने बताउनुभयो । अधिवक्ता सरलाकुमारी पाण्डेले सचेतनाको अभाव भएको बताउँदै महिलाका क्षेत्रमा गरिने कार्यहरु पारदर्शी हुनुपर्नेमा जोड दिनुभएको थियो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दुर्गा भण्डारीले महिला हिंसा विरुद्धको अभियान अझै प्रभावकारी हुन नसकेको बताउनुभयो ।

पर्यटन व्यवसायी तथा अधिकारकर्मी लक्की क्षेत्रीले पर्यटन क्षेत्रमा पनि महिला हिंसा हुने गरेपनि त्यो बाहिर नआएको बताउँनुभयो । उहाँले यस क्षेत्रमा महिलालाई हतोत्साहित बनाउने प्रयास हुने गरेकोले महिलाहरु आफै बलियो भएर अघि बढ्नुपर्ने बताउनुभयो । पृथ्वीनारायण क्याम्पसका सह—प्राध्यापक तथा अधिकारकर्मी शान्ति भुषालले देशमा जस्तै घरमा पनि राजनीति हुने भएकाले महिलाले आफ्नो भूुिमका खोज्नुपर्ने बताउनुभयो ।रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले महिला हिंसा विरुद्धका हरेक अभियानमा रेडियोले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक तथा अधिकारकर्मी गीता पौडेल, परिवर्तन गरौका अध्यक्ष सुशिला वाग्ले, कलाकार मिना शेरचन, पोखरा लेडी जेसिज वर्ष २०१४ का नवनिर्वाचित अध्यक्ष लक्ष्मी गुरुङ, वर्ष २०१३ का अध्यक्ष बसन्त के.सी, मानव अधिकारका लागि महिला एकल महिला समुहका सचिव जुना के.सी, मनो सामाजिक मनोविमर्श केन्द्रका अध्यक्ष जमुना शर्मा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष सीता गुरुङ, नारी सेवा केन्द्रका दिव्या अधिकारी लगायतले महिला माथि हुने हिम्सालाई कम गर्न महिल नै एकजुट हुनेपर्ने औल्याएका थिए ।

कार्यक्रममा होटल दिपसागर न्युरोड संचालक केपी शर्मा, मेट्रो इन टुर्स एण्ड ट्राभल्सका सञ्चालक कमला गिरी, चेरिष्मा इम्पिोरियमका सञ्चालक सिता बराल, समृद्धि ट्रेडर्सका सञ्चालक बकावली शाक्य, पोखरा लेडी जेसिज २०१३ का अध्यक्ष बसन्त के.सी, २०१४ का अध्यक्ष लक्ष्मी गुरुङले सहयोग गर्नुभएको थियो ।कार्यक्रम रेडियो अन्नपुर्णका वरिष्ठ प्रस्तोता तथा कार्यक्रम संयोजक कविता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...