पोखरा,२५मङ्सिर/कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरामा जारी ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता अन्तर्गत मड्डलबार छात्रा तर्फ आठ तथा छात्र तर्फ तीन गरी ११ खेल सम्पन्न भएका छन्। छात्र तर्फ समूह ए बाट माउण्ट अन्नपूर्ण उमावि विजेता र बालकल्याण बोर्डिङ स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। समूह सी बाट मनकामना बोर्डिङ स्कुल छ अड्ढ प्राप्त गरी विजेता तथा तीन अड्ढ प्राप्त गरी उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। समूह डी बाट कुमुदिनी विजता तथा वेलनन एकेडेमी उपविजेता बन्दै क्वाटरफाइन्लमा प्रवेश गरेका छन्। समूह सी बाट छ अड्ढसहित विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने लिटिल स्टेप उमावि र एसओएस बालग्राम स्कुलबीचको विजेता उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्नेछ। सो खेल बुधबार हुनेछ।
छात्रातर्फ समूह ए बाट शतप्रतिशत जीतसहित नौ अड्ढ बटुल्दै माउण्ट अन्नपूर्ण उमावि विजेताको रूपमा तथा तीन अड्ढसहित उपविजेता बन्दै मनकामना बोर्डिङ स्कुलै सेमिफाइनलमा प्रवेश गरेका छन्। सो समूहमा ग्लोबल, मनकामना र आउण्ट अन्नपूर्ण उमाविको समान तीन अड्ढ भए पनि स्कोरका आधारमा मनकामना छनौट भएको हो। समूह बी बाट टप्स उमावि विजेता र सरस्वती आदर्श विद्याश्रम उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूहमा टप्सले खेलेका तीन खेलमा सबैमा जीत निकाल्दै नौ अड्ढ बनाएको छ भने अब उसले अड्ढ जोड्न नसकेको सोसल पब्लिकसँग अन्तिम लिग खेल खेल्नेछ।सो खेल बुधबार हुनेछ। यस्तै सरस्वती आदर्श र गण्डकी बोर्डिङ स्कुलको समान सात अड्ढ भए पनि स्कोरका आधारमा सरस्वती छनौट भएको हो।
पोखरा रड्डशालास्थित बास्केटबल कोर्टमा भएकोछात्रातर्फको पहिलो खेलमा सरस्वती आदर्श विद्याश्रमले माउण्ट अन्नपूर्ण उमाविलाई ३०–४ ले पराजित ग¥यो। सो खेलमा सरस्वतीकी प्रिया गुरुङले सर्वाधिक १२ स्कोर गरिन्। दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमावि ए ले मनकामना बोर्डिङ स्कुललाई २७–९ ले परािजत ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्णकी प्रविना गुरुङले सर्वाधिक १० स्कोर गरिन्।
तेस्रो खेलमा ग्लोबल कलेजियट उमाविले माउण्ट अन्नपूर्ण उमावि सी लाई १६–१० ले पराजित ग¥यो। सो खेलमा ग्लोबलकी रबिना भट्टचनले सर्वाधिक १० स्कोर गरिन्। सरस्वती आदर्श विद्याश्रम र गण्डकी बोर्डिङ स्कुलबीचको चौथो खेल आठ–आठ स्कोरको बराबरीमा टुड्डियो। सो खेलमा सरस्वतीकी लेखा शेरचन र गण्डकीकी गंगा थापाले समान चार स्कोर गरेका थिए।
पाँचौं खेलमा टप्स उमाविले माउण्ट अन्नपूर्ण बी लाई २२–४ ले पराजित ग¥यो। सो खेलमा टप्सकी सुमित्रा तामाङले सर्वाधिक १० स्कोर गरिन्।छैटौं खेलमा माउण्ट अन्न्पूर्ण सीले मनकामना बोर्डिङ स्कुललाई १९–७ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्ण सी की नमिना गुरुङले सर्वाधिक ६ स्कोर गरिन्। सातौं खेलमा टप्स उमाविले गण्डकी बोर्डिङ स्कुललाई ९–२ ले पराजित ग¥यो। सो खेलमा टप्स उमाविकी मनिषा चौधरीले सर्वाधिक ६ स्कोर गरिन्। आठौं खेलमा सोसल पब्लिक स्कुलले माउण्ट अन्नपूर्ण उमावि बी लाई ९–२ ले पराजित ग¥यो। सो खेलमा सोसलकी शान्ति गुरुङले सर्वाधिक ६ स्कोर गरेकी थिइन्।
छात्रतर्फको पहिलो खेलमा सोसल पब्लिक स्कुलले लिटिल स्टेप उमाविलाई २५–९ ले पराजित ग¥यो। सो खेलमा सोसलका प्रविन गुरुङले सर्वाधिक १० स्कोर गरे। दोस्रो खेलमा मनकामना बोर्डिङ स्कुलले विन्ध्येश्वरी बोर्डिङ स्कुललाई ५९–२४ ले पराजित ग¥यो। सो खेलमा मनकामनाका सुदीप पुनले सर्वाधिक १३ स्कोर गरे।तेस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले बालकल्याण बोर्डिङ स्कुललाई ४१–२९ ले पराजित ग¥यो सो खेलमा माउण्ट अन्नपूर्णका प्रकाश गुरुङले सर्वाधिक १६ स्कोर गरे।
छात्रतर्फ ११ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।बुधबार लिगचरणका दुई खेलमा तथा बाँकी क्वाटरफाइनल खेल हुने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए।
