चौथौ पोखरा महोत्सवको तयारी शुरु

पोखरा, २५ मङ्सिर। युनाईटेड क्लब पोखराले पुस ३० देखि माघ ८ गतेसम्म चौथौ पोखरा महोत्सव गर्ने भएको छ। महोत्सव पोखराको अमरसिंह नमुना उच्च माविको खेल मैदानमा हुने छ। क्वलले महोत्सवको तयारी शुरु गरेको छ। महोत्सव सम्पन्न गर्नका लागि क्लवकाअध्यक्ष हिमालय बख्रेलको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न २५ वटा उपसमितिहरु गठन गरिएको छ।महोत्सव सम्पन्न गर्न ४७ लाख ३६ हजार खर्च लाग्ने र  ६३ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको छ। झण्डै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा झै २५÷२५ प्रतिशत शिक्षा÷स्वास्थ्य÷खेलकुद र पर्यटन प्रवद्र्वनका लागि खर्च गरिने क्लवले जनाएको छ। महोत्सवमा विभिन्न उत्पादनका दुई सय देखि दुई सय २० वटा स्ट्रल रहने अर्थ तथा स्ट्रल संयोजक राजु श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्ट्रल बुकिड्ड खुल्ला गरिएको छ।
महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम , नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी , पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी , औद्योगिक उत्पादनको प्रदर्शनी र विक्री रहेका छन्। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उदेश्यले महोत्सव आयोजना गरिन लागेको प्रचार प्रसार उपसमितिका संयोजक लालकाजी गुरुङले बताए।
क्लबले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्वास्थ्यको क्षेत्रमा आयुर्वेद स्वास्थ्य शिविर, खेलकुदतर्फ खेलको प्रर्बद्वन गर्न ग्रामिण क्षेत्रमा सहयोग गर्ने तथा पर्यटनतर्फ पोखरा उपत्यकामा चिडियाखाना निर्माणका लागि पहलगर्दै आएको छ। स्मरण रहोस्, चिडियाखाना निर्माणका लागि जिल्ला विकास समिति कास्कीसँग समन्वय गरी हिमालय बैक अमरसिंह चोकमा खाता खोली क्लवका अध्यक्ष र स्थानीय विकास अधिकारीको संयुक्त दस्तखतमा छ लाख रुपैयाको कोष समेत स्थापना भैसकेको छ। चिडियाखानाका लागि जिल्ला विकास समिति कास्कीले पनि १५ लाख रुपैया विनियोजन गरिसकेको छ।

कमेन्टहरु
Loading...