मानवअधिकार दिवसका अवसरमा रक्तदान

पोखरा, २४ मंसिर /६५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रोटरी क्लव अफ पोखरा न्यूरोड, रोट¥याक्ट क्लव अफ मनिपाल पोखरा र रोट¥याक्ट क्लव अफ न्यूरोड पोखराले भोली (मंगलबार) रक्तदान कार्यक्रमको आयोजना गर्दै छ । रत्नचोकस्थित जनप्रिय बहुमुखी क्याम्पस अगाडि मंगलबार विहान ७ः३० बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको रोट¥याक्ट क्लव अफ न्यूरोड पोखराकी अध्यक्ष नितीका सुनारले जानकारी दिनुभयो । सुनारले रगतको अभावलाई कम गर्न उक्त कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने भएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

रक्तदान कार्यक्रमका संयोजक रोटरियन सुवोध श्रेष्ठले मानिसले बाँच्न पाउने अधिकार पनि मानवअधिकार भएकोले मानवअधिकार दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले रक्तदान कार्यक्रममा सहभागि हुन समेत आव्हान गर्नुभयो ।

कमेन्टहरु
Loading...