एड्स रोग नियन्त्रण संघद्धारा हिमालयन प्रा वि मा शैक्षिक सामाग्री वितरण

पोखरा २४ मंसिर /एड्स रोग नियन्त्रण संघ कास्कीले हिमालयन प्रा वि पुरन्चौरमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका विच संघले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी कलम र स्वीटर प्रदान गरेको हो । group photosकार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथी कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले एड्स रोग नियन्त्रण संघले ग्रामीण भेगमा रहेको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यतm गर्नुभयो । सरकारी विद्यालयहरुमा अभिभावकहरुले आफ्ना बालवालिकाहरुलाई पठनपाठनका लागी विद्यालय पठाएमा आवश्यक पूर्वाधारहरुका लागी  सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनले दिपावलीको अवसरमा आयोजित देउसी भैलोबाट संकलन भएको रकममध्यबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो मौसममा आवश्यक पर्ने स्वीटर र शैक्षिक सामाग्री वितरण गर्न पाएकोमा खुसी ब्यतm गर्नुभयो । आगामी दिनमा संघले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग जारी राख्ने प्रतिवद्धता ब्यतm गर्नुभयो ।  साथै उपस्थित शिक्षक, अभिभावक, आमा समुहको भेलालाई एच आई भी एड्स जस्तो रोगलाई न्यूनिकरण गर्न जनचतेना मार्फत अघी वढ्नुपर्नेमा  जोड दिनुभयो ।
संघका उपाध्यक्ष गणेश वहादुर श्रेष्ठले एच आई भी संक्रमित विद्यार्थीहरुलाई पठन पाठनका लागी वातावरण मिलाई सहयोग गरेकोमा विद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा संघले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । हिमालयन प्रा विका प्रध्यानाध्यापक माधव प्रसाद गौतमले  विद्यालयमा विभिन्न भौतिक सामाग्रीको अभाव भएकोले सहयोगका लागी अन्य संघ सस्थाहरुलाई आग्रह गर्नुभयो । कक्षा तीन सम्म सञ्चालन भएको विद्यालयमा हाल १८ जना विद्यार्थीहरु अध्ययनरत छनभने त्यसमधये ५ जना विद्यार्थीहरु एचआई भी संक्रमित रहेका छन ।

कमेन्टहरु
Loading...