पोखरा, २४ मङ्सिर/कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरामा सञ्चालित ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताअन्तर्गत सोमबार छात्रातर्फ पाँच तथा छात्रतर्फ चार गरी नौ खेल सम्पन्न भएका छन् । पोखरा रड्डशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको पहिलो खेलमा आउण्ट अन्नपूर्ण उमावि ए ले माउण्ट अन्नपूर्ण उमावि सी लाई ४०–१६ ले पराजित ग¥यो । खेलमा माउण्ट अन्नपूर्ण उमावि ए का एलिना पुनले सर्वाधिक १६ स्कोर गरेकी थिइन् ।
दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले माउण्ट अन्नपूर्ण उमावि बी लाई १५–६ ले पराजित ग¥यो सो खेलमा गण्डकी बोर्डिङकी प्रकृति गौतमले सर्वाधिक १२ स्कोर गरेकी थिइन् । तेस्रो खेलमा मनकामना बोर्डिङ स्कुलले ग्लोबल कलेजियट उमाविलाई १८–७ ले पराजित ग¥यो। सो खेलमा मनकामनाकी तिलिषा पुनले सर्वाधिक ६ स्कोर गरेकी थिइन्।
त्यसै गरि खेलमा टप्स उमाविले सरस्वती आदर्श विद्याश्रम लामाचौरलाई १२–९ ले पराजित ग¥यो। सो खेलमा टप्स उमाविकी विमला चौधरीले सर्वाधिक ८ स्कोर गरेकी थिइन्। पाँचौं खेलमा गण्डकी बोर्डिङ स्कुलले सोसल पब्लिक स्कुललाई १४–२ ले पराजित ग¥यो। सो खेलमा गण्डकी बोर्डिङकी प्रकृति गौतमले सर्वाधिक ८ स्कोर गरेकी थिइन्।
छात्रतर्फको पहिलो खेलमा सोसल पब्लिक स्कुलले एसओएस बालग्राम स्कुललाई ३८–२४ ले पराजित ग¥यो। सो खेलमा सोसल पब्लिकका प्रवीन गुरुङले सर्वाधिक २१ स्कोर गरेका थिए। दोस्रो खेलमा कुमुदिनी होम्सले वेलनन बोर्डिङ स्कुललाई ३१–१६ ले पराजित ग¥यो। सो खेलमा कुमुदिनी होम्सका धनबहादुर पुनले सर्वाधिक १२ स्कोर गरेका थिए। तेस्रो खेलमा सरस्वती आदर्श विद्याश्रमले विन्ध्येश्वरी बोर्डिङ स्कुललाई ६३–२४ ले पराजित ग¥यो। सो खेलमा सरस्वतीका विश्वास गुरुङले सर्वाधिक १९ स्कोर गरेका थिए। चौथो खेलमा बालकल्याण बोर्डिङ स्कुलले टप्स उमाविलाई ३३–१८ ले पराजित ग¥यो। सो खेलमा बालकल्याणका आशिष पुनले सर्वाधिक १४ स्कोर गरेका थिए ।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने लिगकम नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा छात्रतर्फ ११ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
