गण्डकीमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइने

पोखरा । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवसलाई नागरिक संघ-संगठनसंगको सहकार्यमा मनाउने भएको छ ।

१६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान यसवर्ष Orange the World, Fund, Respond, Prevent, Collect भन्ने अन्तराष्ट्रिय नारा र लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराकासाथ मनाइदैंछ ।

कोभिड १९ का कारण स्वास्थ्य सूरक्षालाई ध्यानमा राख्दै विभिन्न संघ संस्थाहरुको समन्वय र सहकार्यमा गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लामा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

अभियान अन्तरगत २५ नोभेम्बरमा सेतो रिवन अभियानका साथ घर, संघ संस्था,तथा सरकारी एवं गैह सरकारी कार्यालयहरुबाट १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ गरिनेछ।

इन्सेक र जागृति बाल तथा यूवा सरोकार केन्द्रको सहकार्यमा गण्डकी प्रदेशको नीति तथा योजनामा बालिका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । भने इन्सेकसँगको सहकार्यमा ११ वटै जिल्लामा जातिय विभेद र कोभिड १९ का कारण महिलामा परेको असर बिषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा गैरसरकारी संस्था महासंघ गण्डकीको सहकार्यमा महिला तथा बालबालिकाहरुको न्यायमा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।

यस्तै अन्तराष्ट्रिय अपागंता दिवसबको सन्दर्भमा राष्ट्रिय अपागं महासंघ गण्डकी प्रदेशको सहकार्यमा अपांगता भएका महिलाहरुसँगको अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

अभियान अन्तरगत नै शक्ति समुहको सहकार्यमा मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक बालिकाहरुमाथि हुने यौन दुव्र्यवहार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम , प्रजनन स्वास्थ्य र सूरक्षित गर्भपतनबारे अधिकारकर्मिसँग अन्तरक्रिया कार्यक्रम महिला मानव अधिकार रक्षक संजालको सहकार्यमा हुनेछ ।

अभियानकै क्रममा कोपिला नेपालले ११ वटा जिल्लाका २२ जना लाई १० दिने मनोसामाजिक परामर्शकर्ता तालिम प्रदान गर्नेछ ।

थ्रिएन्जल्स नेपालको सहकार्यमा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुनेछ भने हिंसा न्यूनिकरणका लागि सचेतनामूलक बृत्तचित्र प्रर्दशन कार्यक्रम प्रदेश प्रहरी कार्यालयको सहकार्यमा आयोजना गरिने भएको छ ।

अभियानको अन्तिम दिन सामाजिक बिकास मन्त्रालयल समिक्षा कार्यक्रम आयोजना गरि समापन गर्ने निर्णय भएको मन्त्रालयका सचिव तेजप्रसाद काफ्नेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 नेपालमा २०५४ साल देखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

कमेन्टहरु
Loading...