सबै दल सत्ता तिर –बैद्य

पोखरा, १ पुस/नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले दलहरुले एकसुत्रिय एजेण्डा सरकार बनाउदा सहमति हुन नसकेको बताएका छन् । पोखरामा आयोजित प्रथम तमुवान राज्य अधिवेशनको उदघाटन गर्दै बैद्यले बावुराम भट्टराईले सरकार नछाड्ने, एमाले र काँग्रेसलाई सरकार नभई नहुने सत्ता मोहका कारण सहमति हुन नसकेको बताए । अन्य दलले सरकार नै एकसुत्रिय एजेण्डा बनाए र जनताको एजेण्डा ओझेलमा पारेको बताए ।

निकै आक्रामक रुपमा प्रस्तुत भएका बैद्यले एमाओवादी सगँ पार्टी एकता असम्भव भएको बताए । ‘पार्टी एकता सम्भव नभएको बताउदै एमाओवादी रुपान्तरित भएर आउनु पर्ने बताए । बर्तमान सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्ने दावी गर्दै उनले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने जस्तो लाजमर्दो अवस्था रहेको बताए । विपा सम्झौता, नेपाली विमानस्थल भारतीय ठेकेदारलाई दिनु ले नै भारत प्रतिको लचकता देखिएको बैद्यले बताए । अधिवेशनमा आठ जिल्लाका तीनसय ५० प्रतिनिधिहरु सहभागि छन् ।

कमेन्टहरु
Loading...