लेकसिटी कलेजमा फोटो प्रर्दशनी (फोटो फिचर सहित)

पोखरा, २४ मंसिर /गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सोमबार एकदिने फोटो प्रदर्शनी आयोजना गरिएको छ । ‘पोखराका सडक बालबालिकाको दिनचर्या र अस्तव्यस्त फोहोरमैला’ विषयमा केन्द्रित रहेर प्लसटु देखि स्नातकतहसम्म पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको थियो । Exhibition 2 (1) Exhibition 2 (2) Exhibition 2 (3)संयोजक अर्जुन गिरीका अनुसार प्रदर्शनीमा ४१ वटा तस्बिर थिए । पोखरा र आसपासका क्षेत्रमा जथाभावि फालिएको फोहर र त्यसैमा रमाउने सडक बालबालिका केन्द्रित भएर पश्चिमाञ्चल उच्चमावि र लेकसिटीका विद्यार्थीले तस्बिर खिचेका थिए । पर्यटकीय क्षेत्र पोखरा सहरभित्रको फोहरमैला र सडक बालबालिका केन्द्रित रहेर गरिएको प्रदर्शनमार्फत यहाँको सम्बन्धित निकायलाई झकझकाउन खोजेको गिरीले बताए ।

पत्रकारिता अध्ययनरत विद्यार्थीले पोखरा सहरभित्रको फोहरमैला र सडक बालबालिको अवस्थालाई चित्रमार्फत बाहिर ल्याउने प्रयास गरेको उनले बताए । ‘पत्रकारिता सैद्धान्तिक ज्ञानले मात्र हुँदैन । यसमा प्रयोगात्मक अनुभवको पनि जरुरी रहेको छ’ उनले भने, ‘प्रयोगात्मक शिक्षालाई जोड दिएर प्रदर्शनी गरेका हौ ।’ कलेज प्रागंणमा भएको उक्त प्रदर्शनीमा पोखरा फोटोग्राफर संघ र राष्ट्रिय फोटो पत्रकार समुह कास्कीले पनि प्राविधिक सहयोग गरेका थिए ।
प्रदर्शनीको पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा प्राज्ञ मञ्च कास्कीका अध्यक्ष पशुपतिनाथ तिमिल्सिनाले शुभारम्भ गरेका थिए ।

तिमिल्सिनाले पत्रकारिता अध्ययन विद्यार्थीको दृष्टिमा पोखराको फोहर र सडक बालबालिकाको अवस्था सचित्र बाहिर आउन यस्ता प्रदशर्नी आवश्यक रहेको बताए । उनले पत्रकारितामार्फत पोखरेलीको आँखा खोल्न पनि यस्तो प्रदर्शनी सफल हुने बताए । वरिष्ठ फोटो पत्रकार विश्व शाक्यले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीले फोटोमा देखाएको रुचीलाई सबैले सघाउनुपर्ने बताए । पत्रकार महासंघका अध्यक्ष बद्रिबिनोद प्रतिकले छापामाध्यममा फोटो पत्रकारिताको महत्वबारे प्रकाश पारेका थिए ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका अध्यक्ष विश्वकल्याण पराजुलीले विद्यार्थीको चाहनालाई कलेजले सधै उजागर गर्ने बताए । ‘पछिल्लो समय कलेजले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि रचनात्मक र ज्ञानमुलक तथा व्यवहारिक शिक्षा दिने प्रयास गरिरहेको छ । यो पनि त्यसैको एउटा स्वरुप हो’ उनले भने, यसले विद्यार्थीको भविश्यको रुचिलाई अझ प्रगाढ बनाउनेछ । पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि यस्ता प्रदर्शनी बढि नै प्रभावकारि हुने उनले बताए ।

कलेजमा स्नातकतहसम्म पत्रकारिता तथा आमसंचार विषयमा स्नातकतहसम्म पढाई हुन्छ । प्रदर्शनी हेर्न शिक्षण संस्थाका पदाधिकारी, सरकारी पदाधिकारी, विद्यार्थी, अभिभावक, संचारकर्मी सहितको समुह कलेजमा पुगेको थियो । कार्यक्रममा विद्यार्थी हिमाल लम्सालले स्वागत गरेका थिए भने अञ्जना कुँवरले कार्यक्रम संचालन गरेकि थिईन् ।

कमेन्टहरु
Loading...