लेखनाथका अधिकाँश ठाउँमा बनभोज खानेको ओईरो

कृपा भण्डारी
पोखरा, २३ मंसिर/साततालको शहर भनेर चिनिने लेखनाथ नगरपालिकामा हिजोआज बनभोज खान आउनेहरुको ओईरो लाग्ने गरेको छ । पोखराको कोलाहलदेखी टाढा, शान्त वातावरण र मनोरम दृश्य अवलोकन गर्न पाईने हुनाले विगतको तुलनामा यसपटक लेखनाथमा बनभोज खान आउनेहरुको भिड बढेको हो । विगतमा लेखनाथको बेगनासताल छेउछाउमा मात्र बनभोज खान पोखरा र आसपासका मानिसहरु आउने गर्दथे भने अहिले लेखनाथका अनय ठाउँहरु पनि पिक्निक स्पटको रुपमा परिचित हुँदै गएका छन् । पछिल्लो समय लेखनाथको दिपाङताल, दुईतालको अन्तर, ठाँडडाँडा, गुँदे ताल, रुपाताल, मुसेटुँडा लगायतका ठाउँमा बनभोज खादै मनोरन्जन गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ ।

यि स्थानहरु एकान्त ठाउँमा रहेको र खानेपानी, विद्युतको राम्रो ब्यवस्था भएका कारण पनि दिनानुदिन बनभोज खान आउने समुहहरुको भिड बढ्न थालेको स्थानियबासी बासुदेव आचार्य बताउनुभयो ।

कमेन्टहरु
Loading...