प्याराग्लाईडिङ दुर्घटनामा कोरियन नागरिकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २२ मंसिर /प्याराग्लाईडिङ दुर्घटनामा परेर एक कोरियान नागरिकको मृत्यु भएको छ । कोरियन नागरिक योङमिन हाङको प्याराग्लाईडिङ दुर्घटना मृत्यु भएको हो । सराङकोट वडा नम्बर दुई मा प्याराग्लाईडिङ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार एक्रोब्याट गर्ने क्रममा सन्तुलन गुमाएर प्याराग्लाईडिङ दुर्घटना भएर जमिनमा बजारिएको थियो । टेस्टिङ पाईलटको रुपमा प्याराग्लाईडिङ उडान भरेका हाङ ४३ वर्षीय भएको प्रहरीले जानकारी दिएको छ । हाल हाङको शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ ।
मृतक हाङ लेकसाईड स्थित होटल आवोगार्डोमा बस्दै आएका थिए । उनी पोखरा आएको तीन दिन भएको बताईएको छ ।

कमेन्टहरु
Loading...