गोमाले ल्याउने जहाजको पोखरा जोमसोम परिक्षण उडान

सागर राज तिमिल्सिना
पोखरा, २२ मंसिर /पोखरा काठमाडौ तथा पोखरा जोमसोमका लागी नयाँ जहाज उडाने उद्देश्यले पोखरामा नयाँ जहाजले परिक्षण उडान भरेको छ । जहाज उत्पादन कम्पनीका सेक्युरिटी म्यानेजर सहितको टोलीले काठमाडौ पोखरा तथा पोखरा जोमसोमको परिक्षण उडान भरेको हो । airगोमा एयरले नेपालका दुर्मम हवाई सेवाका लागी दुई इन्जिन भएको १९ सिट क्षमताका दुई जहाज ल्याउने भए पछि निमार्ता कम्पनीले नेपालमा परिक्षण उडान गरेको हो । नेपालमा कम्पनीले मौषम अनुकलता, उडान अवतरणका बारेमा परिक्षण गरेको छ । चेकोस्लोभाकियाको एलईटी कम्पनीले उत्पादन गरेको एल ४१० युभीपी ई २० नामक जहाजले परीक्षण उडानका लागी नेपालमा विहिबार आएको थियो ।

जहाजले पोखरा जोमसोमका लागी शनिवार नागरिक उड्डन प्राधिकरणका प्रतिनिधिको रोहबरमा दुई परिक्षण उडान भरेको पोखरा विमान स्थलका प्रमुख प्रताप वाबु तिवारीले जानकारी दिए । गोमा एयरले काठमाडौ पोखरा जोमसोम र काठमाडौ लुक्लाको परीक्षण उडान उडानका लागी दुई जहाज गरीदको तयारी गरेको हो । गोमा एयरका अनुसार दुई जहाजमध्ये पहिलो  फ्रेबुअरी र दोस्रो ६ महिनापछि आइपुग्नेछ ।

कमेन्टहरु
Loading...