सागरराज तिमल्सिना/पोखरा, २१ मंसिर । दुई साता बितिसक्दा पनि जमिन भासिने क्रम नरोकिएपछि कास्कीको अर्मलाबासी देबि देबताको शरणमा परेका छन् । अहिलेसम्म नभएको विपत्ति देबि देबता रिसाएकै कारण भएको भन्दै उनिहरुले बैदीक र तान्त्रीक बिधिमार्फत पूजापाठ थालेका छन् । प्रकोप रोकथामको लागि स्थानिय स्तरमा भएका सबै प्रयास निश्प्रभाबि भएपछि गाउमा पुगेका धामी, झाक्रीको सल्लाह अनुसार नाग पूजा सहित भूमि पूजा सुरु गरिएको हो । कुनै मानबिय त्रुटीको कारण देबि देबता रिसाएर यस्तो बिपत्ती आएको र पूजा पछि सबै ठिक हुने जनबिश्वासको साथ अर्मला १ का बासिन्दा एकजुट भई पुजापाठमा लागेका हुन् ।
पूजा र नागको थान निर्माणको लागि वडानम्बर १ का बासिन्दा संग एक÷एक माना धान चामल र एक सय ८ रुपैया अनिबार्य शुल्क लिईएको र अन्यले स्वेच्छाले सहयोग गरेको स्थानिय प्रकाश भट्टराईले बताए । आज देखि सुरु भएको पूजापाठ निरन्तर भोलि सम्म चल्ने बताईएको छ । पूजाको लागि धामी, झाक्री, लामाको छुट्टै र ब्राह्मणको लागि छुट्टै स्थान तय गरिएको छ । भोलि बिहान सम्म १० जना बटुकले बेद, चण्डी , सप्तर्सी पाठ गर्नुको साथै होमहोमादी गर्नेछन् । त्यस्तै लामा, धामी झाक्रीको समुहले भासिदै गएको भूमिलाई त्रान्त्रिक बिधिले बाध्ने र नागको थान पत्ता लगाउने स्थानिय पूजा आयोजकले जनाएका छन् । तान्त्रीकले पत्ता लगाएको स्थानमा नागको थान स्थापना गरिने भएको छ ।
पूजा स्थलमा महिनावारी भएका महिला र आफन्तको मृत्युको शोकमा परेका ब्यक्तिलाई प्रबेश निशेध गरिएको छ । ‘ खाली जमिन भासिएपनि अहिले सम्म मानबिय क्षति भएको छैन, धानको कुनियो भएको खेतमा पनि कुनियो हटाईसकेपछि भ्वाङ परेको छ, भट्टराईले भने ‘ अधिकांश खेतको खलेगरा भासिएकाले दैबि शक्तिकै उपजको रुपमा लिएका छौ । ’ उनका अनुसार जमिन भासिन थालेपछि स्थानय महिला र युवतिहरुमा देबि चढ्ने र काम्ने क्रम सुरु भएको छ ।
करिब २० बर्ष अघि सोहि स्थानमा एउटा ठुलो खाडल परेको थियो । त्यस यता कहिलेकाही सानो तिनो खाल्डो परेपनि यति ठुलो बिपत्ती आईपरेको थिएन । धान काटेर भित्र्याउने बेला दाई हाल्नुअघि बिषेश पूजापाठ गर्ने चलन भएपनि त्यो हराउदै जादा देबता रिसाएर अहिलेको बिपत्ती आईपरेको स्थानियको आशंका छ । गत मंसिर ३ देखि सुरु भएको जमिन भासिने क्रम अहिले पनि जारी छ । अहिले सम्म करिब ५४ वटा भ्वाङ परिसकेका छन् । यसअघि डोजर लगाएर पुरिएका भ्वाङको आकार पनि बढ्दै गएको छ । जिल्ला बिकास समितिको सहयोगमा बनाईएको अस्थायी ट्रेन्चबाट पानी बग्न सुरु गरेपनि ट्रेन्चनै भासिदै गएको छ ।
प्रकोप रोक्ने स्थानिय स्तरमा गरिएको प्रयास सफल नभएपछि करिब साढे २ करोड लागत स्टिमेट सहित प्रधानमन्त्री कार्यालयमा पत्राचार गरिएको छ । यसअघि काठमाण्डौ आएको भूगर्भबिद्हरुको टोलिले स्थानिय खहरे खोलाको पानीले भूमिगत रुप लिएपछि जबिन भासिएको भन्दै पानीको उचित निकास निकाल्न सुझाब दिएको थियो । प्रकोपको कारण ५० घर प्रभाबित भएका छन् । भूगोल बिद् कृष्ण केसीले स्थानिय खहरे खोला अतिक्रमण गरी बहाब रोक्दा पानीले भूमिगत रुप लिएको बताएका छन् । भूगर्भबिद्हरुको अध्ययन टोलिले सो क्षेत्रलाई सन् १९९८ मै कमजोर भूबनोट भएको क्षेत्रको रुपमा घोषणा गरी ठुला भौतिक संरचना नबनाउन सुझाब दिएको थियो । तस्वीर ः गिता राना मगर