गोकुल बानियाँ/पोखरा २० मंसिर । पोखरा ग्राण्ड क्यासिनो बन्द भएको ४ महिना बितेपनि ब्यबस्थापन पक्षले क्षतिपूर्ति रकम नदिएको मजदुरहरुले गुनासो गरेका छन् । गत साउन ७ गते मजदुर र ब्यबस्थापनको सहमतिमा क्यासिनो बन्द गरिएको भएपनि कम्पनी बन्द गर्दा दिनुपर्ने क्षतिपूर्ति रकम नदिई पन्छिन खोजेको उनिहरुको अरोप छ ।
श्रम ऐन २०५० को दफा २५ अनुसार कम्पनी बन्द गर्दा कार्यरत मजदुरलाई उपदान तथा क्षतिपूर्ति दिने ब्यबस्था छ । मजदुरको पारिश्रमिक बापत प्राप्त हुने संचित बिदाको रकम र क्षतिपूर्ति बापतको २ करोड ५० लाख रुपैया अझैसम्म पाउन नसकिएको मजदुर संगठनले जनाएको छ । ब्यबस्थापक किसोर सिलवालले क्यासिनो बन्द गर्दा एक महिना भित्र मजदुरले पाउने क्षतिपूर्ति उपलब्ध गराउने सहमति जनाएका थिए ।
बार्ता र छलफलबाट सहमति खोज्न पटक पटक आग्रह गर्दा पनि ब्यबस्थापन पक्षले वास्ता नगरेको अखिल नेपाल होटल , क्यासिनो तथा रेष्टुरा मजदुर संघ क्यासिनो पोखरा ग्राण्ड कमिटिका उपाध्यक्ष देबेन्द्र पौडेलले बताए । क्यासिनोमा कार्यरत मजदुर संगठनले आज संयुक्त बिज्ञप्ती निकाली सम्झौता कार्यन्वयन नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
कमिटिले पूर्ब सम्झौता अनुसार मजदुरले पाउने रकम तत्काल उपलब्ध गराउन ब्यबस्थापनलाई आग्रह गरेको छ । सम्झौतामा असोज १५ भित्र मजदुरले पाउने क्षतिपूर्ति रकम उपलब्ध गराउने उल्लेख छ । क्यासिनो बन्द भएपछि करिब दुई सय कर्मचारीलाई अवकाश दिइएको थियो । सरकारले नया क्यासिनो व्यवस्थापन नियमावली लागु गरेपछि ब्यबस्थापनले सञ्चालन गर्न नसकिने जनाउ“दै क्यासिनो पूर्ण रुपमा बन्द गरेको थियो । नया“ नियमावली अनुसार स्थापित क्यासिनोले रोयल्टी चार करोड तिनुपर्ने प्रावधान छ । नियमावली आउनुभन्दा अघि क्यासिनोले केवल दुई करोड रोयल्टी तिर्दै आएको थियो । क्यासिनो ग्राण्ड होटल ग्राण्डमा सन् २००८ देखि सञ्चालनमा आएको थियो ।
२०८१ पुष ८ गते सोमबार
क्यासिनो ग्राण्डका मजदुरले चार महिना सम्म पनि क्षतिपूर्ति पाएनन्
कमेन्टहरु