बैदेशिक रोजगारमा जान लागेकालाइ रोकेपछि अध्यागमनसंग रोजगार ब्यबसायी आक्रोशित

एक साताको अबधिमा बैदेशिक रोजगारमा जान लागेका कम्तिमा तिन सय जनालाई नक्कली राहदानी अनुमति पत्र तथा कागजात प्रयोग गरेको इ भिसाको डकुमेन्ट नपुगेको ,इन्तरनेटमा नाम नदेखाएको , भाषा अस्पष्ट भएको जस्ता कारण देखाउदै अध्यागमन बिभागका कर्मचारीले त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा रोकेपछि आक्रोशित रोजगार ब्यबसायीले सोमबार अध्यागमन बिभाग अगाडी धर्ना दिएका छन् । बैदेशिक रोजगार बिभाग र अध्यागमन बिभागबिच समन्वयको अभाबमा कागजात र प्रक्रिया पुरा गरेपनि गलत मनासय राखेर कामदार फर्काइएको ब्यबसायीको आरोप रहेको छ। यता अध्यागमन बिभागले भने भिसा तथा कामदार अनुमति पत्र लगायतका कागजमा त्रुटि भएपछि कामदारलाइ रोकेको दाबी गरेको छ ।

कमेन्टहरु
Loading...