गोकुल बानियाँ
मंसिर १४ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराले १५ औं सडक महोत्सबको अबसरमा लेकसाईडका रेष्टुरेण्टमा बिशेष छुट दिने भएका छन् । महोत्सब अबधिभर रेवानमा आबद्ध रेष्टुरेष्टका रेगुलर मेनुमा १० देखि १५ प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको अध्यक्ष गोपि बहादुर भट्टराईले बताए ।
आयोजकका अनुसार आगामी पुष १३ देखि १७ गते सम्म लेकसाईडमा हुने महोत्सबमा रेवानमा आबद्ध ७५ रेष्टुरेण्टले बिशेष छुट सहितको मेनुको प्रयोग गर्नेछन् । साथै होटल संघ संगको सहकार्यमा महोत्सबको बेला पोखरा आउने पर्यटकलाई बिशेष छुट दिने तयारी भैरहेको एसोसिएसनले जनाएको छ ।
बिगत १४ बर्षदेखि प्रत्येक अंग्रेजी नया बर्षको अबसरमा आयोजना गरिदै आएको महोत्सबमा यस बर्ष आन्तरिक र बाह्य गरी करिब पाँच लाख दर्शक भित्रने अनुमान गरिएको छ । लेकसाईडको साढे ३ किलोमिटर क्षेत्रमा बिहान ११ देखि राति १ बजेसम्म महोत्सब सञ्चालन हुने संयोजक बलराम पहारीले बताए ।
महोत्सब सम्पन्न गर्न ४६ लाख खर्च अनुमान गरिएको र ५० लाख आम्दानीको लक्ष्य राखिएको छ । महोत्सब अबधिभर ५ दिनमा ४ करोडको कारोबार हुने आयोजकको दाबि छ । सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित आयोजित महोत्सबमा खानाको परिकार संगै नेपालका पाचै बिकास क्षेत्रका सास्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । देशका प्रमुख शहरहरुमा पत्रकार सम्मेलन महोत्सबको प्रबद्र्धन गरिने बताईएको छ ।
महोत्सब सम्पन्न गर्न निबर्तमान अध्यक्ष बलराम पहारीको संयोजकत्वमा भिमसेन भूजेल र बिष्णु बानियाँ सहसंयोजक रहेको २० जनाको उपसमिति बनाईएको छ । हरेक बर्ष नयापन दिने उद्देश्य सहित यो बर्षको महोत्सबमा कुनै नया आकर्षक प्रस्तुती रहने आयोजकको दाबि छ ।
महोत्सवको मुख्य प्रायोजकमा हिमालयन डिष्ट्रिलरी प्रालि, गोर्खा ब्रुअरी , तथा सह–प्रायोजकमा बोटलर्स नेपाल तराई लि को कोकाकोला,बर्जर पेन्ट्स र डावर नेपाल रहेका छन् । सडक महोत्सबले पोखरा र यस आसपासको क्षेत्रको कला ,सस्कृति,भेसभुषा जगेर्ना गर्नुको साथै पोखराका रेष्टुरेण्टहरुको खानाको गुणस्तर बृद्धी गरी खानाको परिकार राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा प्रबद्धन गराउन महत्वपुर्ण भुमिका खेल्ने रवान पोखराका प्रथम उपाध्यक्ष चौबहादुर गुरुङ्गले बताए । सडक महोत्सबले नया बर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ ।
महोत्सबमा सहभागि रेष्टेरेष्टलाई खानाको गुणस्तर, सरसफाई, सर्भिस लगायतको आधारमा पुरस्कृत समेत गरिने र बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने प्रचार संयोजक लक्ष्मण बरालले जानकारी दिए । महोत्सबको अबसरमा लेकसाईडको सुरक्षा ब्यबस्था मजबुद पारिने र अत्याबश्यक एम्बुलेन्स, दमकललाई पनि तयारी अबस्थामा राखिने भएको छ । अघिल्लो बर्ष जस्तै यसपालि पनि यातायात ब्यबशायीसंगको समन्वयमा रात्री बस सञ्चालनको तयारी भैरहेको छ ।