कोरोना संक्रमित ४४ वर्षिय महिलाको मृत्यु

 

तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालमा उपाचरत उनको मृत्यु  मंगलबार बिहान भएको छ । उनको सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

 

त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जानकारी दिए छ ।

 

 

अस्पतालका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

कमेन्टहरु
Loading...