हिमालय बचत तथा ऋण सहकारीको प्रथम साधारण सभा

पोखरा ६, असोज/हिमालय बचत तथा ऋण सहकारी संस्था लि. हेमजा कास्कीको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीकी शाखा अधिकृत तथा प्रशिक्षक ईश्वरी ढकालले सहकारीहरुले राम्रा पक्षलाई अनुसरण गर्दे, संस्थाका कमी कमजोरीहरुलाई औल्याउँदै संस्थाको हितको लागि सम्पूर्ण सदस्यहरु नै अगाडि बढ्नु पर्ने बताईन् ।

उनले सहकारी संस्थाको कसरी आर्थिक र सामाजिक रुपमा विकास गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गराउनु पर्ने कुरामा समेत जोड दिईन् । संस्थामा हाल ५१ शेयर सदस्यहरु रहेका छन । सस्थाको आर्थिक वर्ष २०६९÷०७० को शेयर पुँजी ६७ लाख, ७१ हजार १ सय , निक्षेप संकलन तर्फ १ करोड ३७ लाख १ हजार ५ सय ७५ रुपैया त्यस्तै ऋण लगानी तर्फ १ करोड ८२ लाख ३५ हजार रहेको संस्थाका सचिव मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सचिव मोतिराज तिमिल्सिना, कोषाध्यक्ष युवराज दवाडी, लेखा समिति सदस्य नवराज त्रिपाठीले प्रस्तुत गरेको प्रतिवेदन साधारण सभाले पारित गरेको थियो । संस्थाले उप्पादन मूलक क्षेत्रको पहिचान गरी आवश्यक रुपमा लगानी गर्ने, हेमजा कृषि भूमि भएकाले कृषि क्षेत्रको विकास र विस्तारका लागि आवश्यक लगानी गर्ने भावी कार्य योजना राखेको छ ।

संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाउनका लागि हेमजा गाविस सगै लाचोक, धिताल ढुकुरपोखरी, ल्वाड्डघलेल गाविसमा पनि आफ्नो कार्यक्षत्र विस्तार गर्ने साधारणले प्रस्ताव गरेको छ । कार्यक्रममा गौरी शंकर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुदनाथ पौडेल, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजा सञ्चार सहकारी संस्था लिमिटेडका सचिव केशवशरण पौडेल, हिमालय वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार अर्जुन पौडेल, सह–सचिव माधवशरण पौडेलले बोलेका थिए ।

कमेन्टहरु
Loading...