पोखरा, २४ फागुन /पोखरा महानरपालिका १३ गौंडाको मुखमा दुर्घटना भएको छ ।
ग१०प ७४८५ नम्बरको स्कुटलाई र ग१४प ६७९३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्कुटर पछाडी सवार पोखरा १२ लालिगुँरास टोल बस्ने वर्ष ७० की तारा गुरुङ घाईते भएकी छन् । उनको पोखराको फिस्टेल अस्पताल ल्याएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।