महानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चाल गदै

पोखरा, १४ फागुन /स्वास्थ्य महानगरले शहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याउने भएको छ । दमकल मार्ग नयाँ बजारमा दश प्रकारका स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने गरि केन्द्र संचालनमा ल्याउने भएको छ ।

बहिरंग सेवा, मातृत्व शिशुसेवा, सरुवा रोगको रोकथाम र उपचार, नसर्ने रोग र स्वास्थ्य जीवनशैली, आयूर्वेद र परम्परागत औषधी, स्वास्थ्य वातावरण प्रवद्र्धन, महामारी तथा विपद् ब्यवस्थापन, जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा र रिफर गर्ने लगायत १० प्रकारका सेवा दिने गरि केन्द्र स्थापना गरिएको छ ।

शहरी स्वास्थ्य केन्द्रले रोग लागि सकेपछि उपचार गर्नुभन्दा रोगको बाटो छेक्नु जाति भन्ने नारा सहित महानगरका ३३ वटै वडाका नागरिकलाई निशुल्क सेवा उपलब्ध गराउने शहरी स्वाथ्य केन्द्रका प्रमुख मधुमाया तिमिल्सिनाले जानकारी दिइन् ।

शहरी स्वास्थ्य केन्द्रमा एक चिकित्सक, एक जनस्वास्थ्य अधिकृत, २ जना हेल्थअसिस्टेन, कविराज एक जना स्टाफ नर्स २ जना र कम्यूटर अपरेटर गरि ११ जनाको दरवन्दीको व्यवस्था गरिएको छ । शहरी केन्द्रको विधिवत उद्घाटन भएको छ्रैन केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज पौडेलले भने, ‘भौतिक पूर्वाधार निर्माणको काम भैरहेको छ तर अहिले भैरहेकै पूर्वाधार र जनशक्तिबाटै सेवा दिने गरि छिटटै यसको उद्घाटनको तयारीमा छौ ।’ आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले महानगरले केन्द्र सञ्चालन गर्न लागेको हो ।

कमेन्टहरु
Loading...