एनसेलले सर्वसाधरणका लागि शेयर जारी गर्ने

काठमाडौं, १३ फागुन /निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा जाने तयारीमा छ ।

कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार बैशाख भित्र पाँच करोड रुपियाँ भन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ कम्पनीका एक अधिकारीले भने, ‘छिट्टै कम्पनी रजिष्ट्रार कार्यालयमा पब्लिक कम्पनीमा रुपमा दर्ता गराउँदैछौँ ।

उनका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा शेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गर्नै सकेको छैन तर, कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौँ ।

पब्लिक कम्पनीमा रुपान्त्रण भइसकेपछि एनसेलले सर्वसाधरणमा पनि सेयर जारी गर्नुपर्दछ । आजको गोरखापत्रमा विश्वास रेग्मीले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...