पोखरा, ८ फागुन /पोखराको बेगनासताल किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । तेस्रो हुनेले १५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
उत्कृष्ट खेलाडीलाई ८ हजार, उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकरले ५ हजार, उत्कृष्ट डिफेन्सले ५ हजार र उत्कृष्ट गोल रक्षकले ५ हजार प्राप्त गर्ने छन् । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता संचालन गर्नका लागि ८ लाख ५० हजार खर्च र करिब ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । खेलमा करिब ३५ टिम सहभागी हुने अनुमान क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए ।