पोखरा, १६ माघ/ कास्कीको मादी गाउँपालिका वडा नं ४ माझाहिटी तारकाङ निवासी १०३ वर्षीय वामदेव सापकोटाको मंगलबार निधन भएको छ ।
वि.सं. १९७३ असार १८ गते जन्मनुभएका सापकोटाको आफ्नै निवासमा निधन भएको हो ।
तीन वर्ष अघि निवासमा नै भव्यताका साथ जन्मोत्सवको शतवार्षिकी मनाएका सापकोटा जीवनको अन्त्यावस्थासम्म स्वस्थ रहनुभएको उहाँका ज्वाइँ राससकर्मी भोलानाथ पौडेलले जानकारी दिनुभयो ।
स्व. सापकोटाको स्थानीय मादी घाटमा मंगलबार अन्तिम संस्कार गरियो । गोर्खा रेजिमेन्ट सेनामा भर्ती भै दोस्रो विश्वयुद्धमा सहभागी बन्नुभएका स्व. सापकोटाका दुई छोरा, चार छोरी सहित २२ नातिनातिना र सात पनातिपनातिना हुनुहुन्छ ।