पोखरा प्रिमियर लिगमा (PPL) बुटवल ब्लास्टर्स शिर्ष स्थानमा, पोखरा पल्टन ३३ रनले पराजित

पोखरा, ११ कात्तिक / पोखरा प्रिमियर लिगमा (PPL) बुटवल ब्लास्टर्स शिर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा विजय हुदै ४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको हो । आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोड्दै ४ पु¥याएको हो ।

बुटवलले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो । यता पोखरा पल्टनले भने पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएको थियो । बुटवलले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रनमा समेटियो।

पोखराका लागि आसिफ शेखले सर्वा्धिक २० रनको योगदान दिए। उनले १५ बलमा ४ चौंका प्रहार गरे। त्यस्तै सरद भेषवाकरले १९, रभिन्दर सिंह र मोहम्मद नभिदले ११–११ र रसिद खानले १० रन बनाएपछि अन्य ब्याट्म्यानले दोहोरो रनको बताउन सकेनन् । पोखरालाई सस्तैमा समेटन बुटवलका सोमपाल कामी, ललित भण्डारी र विपिन खत्री र रोहन मुस्तफाले २–२ र सागर पुनले एक विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५० रन बनाएपछि पोखराले १५१ रनको लक्ष्य पाएको थियो । बुटवलका लागि भिम सार्कीले सर्वा्धिक ५४ रनको योगदान दिए । उनले ४६ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरे ।

त्यस्तै रोहन मुस्तफाले पनि ४५ रन, सोमपाल कामीले २२ र सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । बुटवललाई १५० रनमा समेटन पोखरा पल्टनका मोहम्मद नभिदले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिदै ४ विकेट हात पारे । त्यस्तै मेहेबुब आलम, ललितनारायण राजवंशी र सरद भेषवाकरले समान १–१ विकेट लिए ।

(PPL) पोखरा प्रिमियर लिग

(PPL) पोखरा प्रिमियर लिग

Posted by Ganthan.com on Sunday, October 28, 2018

#(PPL) पोखरा प्रिमियर लिगमा दर्शक

(PPL) पोखरा प्रिमियर लिगमा दर्शक

Posted by Ganthan.com on Sunday, October 28, 2018

कमेन्टहरु
Loading...