पोखरा, १७ असोज / सेवा सुविधा लगायतका माग राखि हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाका कर्मचारी र प्रशासनबिच पटक
पटक वार्ताको प्रयास गरिए पनि वार्ता सफल हुन नसक्दा विरामी मर्कामा परेका छन् । उपचारका लागि गाउँ गाउँबाट अस्पताल आए पनि
विमारीहरु उपचार नगरी घर फर्कन बाध्य भएका छन् । कर्मचारीको आन्दोलका कारण इमजेन्सी र आइसियु बाहेका सबै सेवा ठप्प छन् ।
गत बिहीबारदेखि काम ठप्प पारेर उनीहरु हड्तालमा उत्रिएका थिए । कहीले चलानी नम्बर नै नभएको चिठी पठाउने त, कहीले मागलाई
बेवास्ता अस्पताल प्रशासनले गरेको आन्दोलन पक्षको भनाई छ । आफूहरुको माग यथासिघ्र सम्बोधन नगरे अझै कडा रुपमा प्रस्तुत हुने
उनीहरुको चेलावनी दिए ।
अस्थाइ कर्मचारी स्थाइ गर्नुपर्ने र स्थाइ कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने माग उनीहरुले राख्दै आएका छन् । यसअघि ३ महिनादेखि तलब नपाएको
बताइए पनि शुक्रबार नै तलब खातामा जम्मा भइ सकेको छ ।
आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले आज दिउँसो ११ बजे व्यवस्थापन समितिको मिटिङ बसेर भोलि वार्ताका लागि बोलाएको
जानकारी दिए । ‘अभैm पनि उही अवस्थामा छौं,’ उनले भने, ‘यथासिघ्र माग सम्बोधन नगरे अझै कडा रुपमा प्रस्तुत हुन्छौ ।’ यसअघि हिजो वार्तामा
बस्ने भनिए पनि वार्ता हुन सकेको थिएन । यता प्रशासन भने आफूहरुको कार्यक्षेत्रभन्दा बाहिरको माग भएकाले सम्बोधन गर्न गाह्रो परेको बताउँदै
आएको छ ।