एनएमबि माइक्रोफाइनान्स पाँचौं वर्षमा

पोखरा, १ चैत /कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ५० वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत सामुदायिक विद्यालयमा स्टेशनरी वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाई, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटवल प्रतियोगिता, जलपान समारोह लगायतका कार्यक्रम गरी चौथौ वार्षिक उत्सव मनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए ।

वार्षिक उत्सव मनाउने क्रममा वित्तीय संस्थाले विहान पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रमको शुरुवात गर्यो । मन्दिर सरसफाई पश्चात प्रभातफेरी गरी पोखराको सीतापाइला स्थित वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी ७२ जना वृद्धाहरुलाई फलफुल तथा जुस वितरण गरेको बताइएको छ ।

त्यस्तै हेमजा स्थित गौरीशंकर प्राथमिक विद्यालयका ५०जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी कापी कलम वितरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर कार्कीले वित्तीय संस्थाले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई अध्ययनको लागि सहज भएको कुरा बताए ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले यस वित्तीय संस्थाले बैंकिङ्ग पहँुच नपुगेको देशका हिमाली तथा पहाडी जिल्लाहरुका विपन्नवर्ग समुदायका व्यक्तिहरुलाई विशेष जोड दिई समावेशी बैंकिङ्ग कार्यक्रम संचालन गर्दै आएको बताए ।

२०६९ चैत्र महिनाबाट विधिवत शुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको चौथो वर्षको अवधीमा देशका २५ वटा हिमाली तथा पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालयहरु स्थापना गरी ५२,००० सदस्यमारु.१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ भने रु.३१ करोड वचत संकलन गरेको छ । निकट भविष्यमै राष्टिय स्तरको लघुवित्त संस्थामा स्तरोन्नती भई देशका सवै ७५ जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुरयाउने वित्तीय संस्थाको योजना रहेको बताए ।

कमेन्टहरु
Loading...