पोखराको सेदी हाईट ईन्फिनिटी रिसोर्ट, ३५ करोडको लगानी

सागर राज तिमिल्सिना

पोखरा, २० मंसिर/पोखरा २६ सेदी हाईटमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी भएको छ । स्विमिङ पुल सहितको सुविधा सम्पन्न रिसोट युवा उद्यमीले सञ्चालनमा ल्याएका हुन् । पोखराका युवा करिब ३५ करोड लागतमा ईन्फिनिटि रिसोर्ट सञ्चालनमा आउन लागेको हो । पोखराका युवा व्यवसायी विनोद तिमिल्सिनाले रिसोर्ट निर्माण गरि सञ्चालनका तयारी गरेका हुन् ।

रिसोर्टमा २२ वटा डिलक्स र दुई स्विट सहित २४ रुम छन् । होटलका अधिकांश कोठाबाट फेवातालको दृष्य देख्न सकिन्छ । रिसोर्टमा झण्डै ६० जना क्षमताको सेमिनार हल र रेष्टुरेन्ट रहेको तिमिल्सिनाले जानकारी दिए । रिसोर्ट हातामै झण्डै दुई सय जनाका लागि आउटडोर सेवा दिन सकिने उनका भनाई छ ।

रिसोर्टबाट फेवाताल सहित, विश्वशान्ति स्तुपा, सराङकोट र प्याराग्लाइडिङको दृष्य देख्न सकिने उनले बताए । रिसोर्टको डिलक्स रुमलाई ७५ डलर अर्थात् ७ हजार पाँच सय र स्विट रुमलाई १५० डलर अर्थात् नेपाली १० हजार पाँच सय रुपैया शुल्क निर्धारण गरिएको छ । उनले नेपालीलाई ३० प्रतिशत छुट दिने बताए ।

रिसोर्टमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालकका अनुसार भविश्यमा वाल उद्यान, वालमैत्री पौडी पोखरी, थप सुविधायुक्त भिल्लाहरु सहित खेल मैदान, स्पा, योग केन्द्र लगायतका सुविधा थप्ने बताए ।

उनले ३ वर्ष ओमनमा रिसोर्ट म्यानेजरको रुपमा कार्यरत रहेको अनुभवलाई व्यवसायमा परिणत गरेको तिमिल्सिनाले बताए । विदेशमा प्राप्त ज्ञानको आधारमा आफ्नै जन्मस्थलमा रिसोर्ट सञ्चालन गरेको उनले बताए । रिसोट १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टको मंसिर २२ गते नयाँ शक्ति पार्टीका संयोजक एबं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखराको सेदी हाईट ईन्फिनिटी रिसोर्ट,  ३५ करोडको लगानी
पोखराको सेदी हाईट ईन्फिनिटी रिसोर्ट,  ३५ करोडको लगानी

पोखराको सेदी हाईट ईन्फिनिटी रिसोर्ट,  ३५ करोडको लगानी
पोखराको सेदी हाईट ईन्फिनिटी रिसोर्ट,  ३५ करोडको लगानी
कमेन्टहरु
Loading...