प्रथम उद्योग दिवसमा प्रभातफेरि

पोखरा, ९ मंसिर ।औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी नाराका साथ नेपालमा पहिलो पटक विहीबार उद्योग दिवस मनाईएको छ । सरकारले हरेक वर्ष मंसीर ९ गते उद्योग दिवस मनाउने निर्णय गरे अनुरुप पोखरामा पनि प्रभातफेरि कार्यक्रम गरि यो दिवस मनाईएको हो । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा पोखरामा सृजनाचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरियो ।

Ganthan Word Cloud
Ganthan Word Cloud

पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, महिला उद्यमी संघ कास्की, कास्की पोखरा हस्तकला संघका प्रतिनिधिको ¥यालीमा सहभागिता रहेको थियो ।¥यालीपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मुलुक समृद्धिको आधार नै औद्योगिक विकास भएको भन्दै सरकारले पनि लगानीको वातावरण सिर्जना गर्न तत्पर हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले दर्ता नभई सञ्चालित उद्योग व्यवसायले कर छली गर्ने र राष्ट्रलाई कुनै योगदान नदिने बताउँदै उनीहरुलाई निरुत्साहित गर्ने गरी सरकारले कदम चाल्नुपर्ने बताए ।लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरीले अनुत्पादक क्षेत्रमा ठूलो लगानी खर्च भएको हुँदा लगानी उद्योग व्यवसायमा भए मुलुक हितमा रहेको बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख विष्णुहरि गौतमले स्वागत गरेका थिए।

कमेन्टहरु
Loading...