मधुमेह सचेतना एंव रक्त परिक्षण कार्यक्रम सम्पन्न

पोखरा, १ मंसिर ।विश्व मधुमेह दिवसको अवसरमा मधुमेह सचेतना एंव रक्त परिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा गण्डकी र चिल्ड्र्ेन–नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा १२० जनाको परिक्षण गरिएको थियो । मणिपाल अस्पतालका सीनीयर नर्स एवं चिल्ड्रेन–नेपालका उपाध्यक्ष सावित्री नेपाली, ल्यवटेक्नीसियन निशा पौैडेल र अन्य ल्याव एसिस्टेन्ट सुनिता वि.क. र अपेक्षा वि.क.ले रक्त परिक्षणमा सहयोग गरेको रमेश सुवेदीले जानकारी दिए ।

मधुमेह सचेतना एंव रक्त परिक्षण कार्यक्रम सम्पन्न
मधुमेह सचेतना एंव रक्त परिक्षण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष एंव चिल्ड्रेन–नेपालका वरिष्ट कार्यक्रम अधिकृत शारदा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अथिति चिल्ड्रेन–नेपालका संस्थापक एंव कार्यकारी निर्देशक रामचन्द्र पौडेल, कार्यक्रमका सहजकर्ता मणिपाल शिक्षण अस्पतालका डाक्टर डा. चिरायु रेग्मी, चिल्ड्रेन–नेपालका वरिष्ट कार्यक्रम अधिकृत डिल्ली प्रसाद शर्मा,लायन्स क्लव अफ पोखरा गण्डकीका पुर्व अध्यक्ष एंव क्याविनेट ट्रेजरर शारदा पराजुली लगायतले मधुमेह रोगको बारेमा प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...