दशैंका लागि हिमालका च्याङग्रा पोखरामा

पोखरा, १९ असोज/दशैंका मासुखानका लागि पहिलो रोजाइमा रहेको हिमाली च्याङ्ग्रा पोखरामा भित्रिएका छन् । दशैंका लागि हिमाल पारिको जिल्ला मुस्ताङबाट २३ हजार भन्दा बढि च्याङग्रा पोखरा भित्रिएको पशु सेवा कार्यालय कास्कीले जनाएको छ ।

अघिल्लो वर्ष भन्दा यस वर्ष करिब ३ हजार बढी च्याङग्रा पोखरा भित्रिएका हुन् । यसअघिका वर्षमा तिब्बतबाट पनि च्याङग्रा ल्याउने गरिएको भएपनि यस वर्ष मुस्ताङमै च्याङ्ग्रा प्रशस्त भएकाले तिब्बतका च्याङ्ग्रा नल्याइएको ब्यबसायीले बताएका छन् ।

मुस्ताङबाट १५ दिनअघि नै ल्याउन सुरु गरिएको च्याङग्रा म्याग्दी, पर्वतहुँदै पोखरा आइपुगेको हो । च्याङग्रा पोखरा भित्रिएपनि च्याङ्ग्रा बेच्ने मुख्य ठाउँ टुँडिखेलमा भने राखिसकिएको छैन । हिमाली जडिबुटि खाएका च्याङ्ग्राको मासु स्वस्थकर हुने भन्दै उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । च्याङ्ग्रा खरिदका लागि पोखरामा विभिन्न ठाउँबाट मानिसहरु आउने गरेका छन् ।

कमेन्टहरु
Loading...