डोरीतान प्रतियोगिता सम्पन्न,मिलनशिल महिला समुह पोखरा २९ प्रथम

आयोजक कास्की जिल्ला डोरितान सघले दोस्रोमा चित्त बुझायो

कास्की जिल्ला डोरीतान संघको आयोजनामा जिल्ला स्तरिय खुल्ला महिला डोरीतान प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरु‌को महान पर्व हरितालिका तीजको अवसरमा भएको खुल्ला महिला डोरीतान प्रतियोगितामा मिलनशिल महिला समुह पोखरा २९ प्रथम भएको छ ।
प्रतियोगितामा आयोजक कास्की जिल्ला डोरितान सघ दोस्रो,तृतिय हिमला महिला समुह पोखरा २६ र
चौथो किमबेशि गोरखनाथ महिला समुह पोखरा ३१ भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तृतिय र सान्त्त्वना भएका टिमलाई क्रमश नगद रु ३०,०००, २०,०००, १०,०००, ५,००० मेडल र प्रमाणपत्रले सम्मान गरीएको छ । उत्कृष्ठ टिमलाइ सम्मान गर्दै गन्डकी प्रदेश सभाका निबर्तमान सदस्य मोहन रेग्मीले खेलकुदको बिकासमा सरकारले गरेको कामलाइ संघ सस्थाले सहगाउनुपर्ने बताए । कार्यक्रकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बिष्णु पुनले आगामी दिनमा समेत संघलाइ खेल सम्बन्धी कार्यक्रम गर्न सुझाए । प्रतियोगितामा १२ टिमको सहभागी रहेको संघका अध्यक्ष बिष्णुहरी भुगाईले जानाकारी दिए । कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भिम कुमारी पुनले गरेकी थिइन ।

कमेन्टहरु
Loading...