सशस्त्र प्रहरी हवल्दारमा ८ जनाको बढुवा

पोखरा । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सशस्त्र प्रहरी सहायक हवल्दारबाट सशस्त्र प्रहरी हवल्दारमा बढुवा भएका ८ जनालाई दर्जानी चिन्ह शु-सोभन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा अधिराज्यभरबाट एक हजार नौसय २५ जनाको बढुवा भएको छ ।

बढुवा हुनेहरूमा कृष्ण प्रसाद लामिछाने, बिजय घले, रमेश बाबु परियार, अमृत थापा, भिमलाल श्रेष्ठ, कृष्ण बहादुर दर्नाल, चिरन श्रेष्ठ र नोज बहादुर गुरूङ रहेका छन् । उनीहरूको पदस्थापन क्रमश: नं. १३ गण हेडक्वाटर पर्सा, नं. २४ गण हेडक्वाटर कालिका कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, नं. २३ गण हेडक्वाटर मनकामना तनहुँ, नं. २४ गण हेडक्वाटर कालिका कास्कीमा गरिएको छ ।

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्रद्धेय श्री दिपक अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । देश र संगठनको लागि अहोरात्र योगदान पुर्याए वापत् संस्थाले उच्च मुल्यांकन गरेको र आउँदा दिनहरूमा अझै सशक्त र कर्तब्यनिष्ठ भएर अघि बढ्न अधिकारीको आग्रह थियो ।

संस्थाको यस मुल्यांकनपछि बढुवा भएका सशस्त्र प्रहरी हवल्दार भिमलाल श्रेष्ठले संस्थाको शीर उच्च राख्न आफू र आफ्नो संस्थाप्रति सधै आफूहरू तत्पर भएको र अझ बढि जिम्मेवार थपको महशुस भएको बताए ।

कमेन्टहरु
Loading...