गन्थन संवाददाता, पोखरा । पोखरा १८ खपौदी स्थित फेवातालको किनारमा फेरी पनि धमाधम अवैध संरचना बन्दै गरेका छन् । फेवाताको मापदण्ड विपरित महानगरको खिल्ली उडाउँदै फेरी पनि संरचना निर्माण भइरहेको छ । तर महानगर मुखदर्शक बनेर बसिरहेको छ ।
गएकाे बैशाखमा पनि त्यसस्थानमा संरचना निर्माण हुनै लाग्दा महानगरले डोजर प्रदर्शन गरेर मात्र फर्किएको थियो । त्यसपछि पटक पटक संरचना निर्माण भैरहेको छ तर महानगर मौन छ ।
यसरी खुलेआम मापदण्ड विपरित संरचना बनिरहँदा महानगर किन मौन छ भन्ने प्रश्नमा महानगरको प्रवक्ता धन बहादुर नेपालीले अवैध संरचना छिट्टै भत्कीने बताए ।
उक्त स्थानमा व्यवसायीले आफुसंग लालपुर्जा रहेको दाबी गर्दै आइरहेका छन् भने महानगरले फेवाताल मापदण्ड मिचेर कुनैपनि संरचना बनाउन नपाइने बताउँदै आएको छ ।
तस्विरः रामबहादुर पौडेल को फेसबुक वालबाट साभार