पोखरा । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने भएका छन् । मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मीलाई पछाडी पार्दै फाइनलमा प्रवेश गरेको होभने मछिन्द्रलाई हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो ।
दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेकाले आहारारा गोल्डकपको दावेदार दुवै टिम उत्तीकै रहेका विश्लेषकले बताएका छन् ।
सहारा क्लब पोखराको आयोजनामा भएको आहारारा गोल्डकप पोखरा रंगशालामा माघ ६ गते देखि सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।