मणिपाल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने (सम्झौतापत्र सहित)

राजु गिरी, पोखरा । पोखराको मणिपाल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न तयार भएको छ । अनेरास्ववियुले ४ हप्ता अघिदेखि कलेजले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने भन्दै कलेज प्रशासनमा ताला लगाएको थियो ।

मंसिर २० गतेदेखि आन्दोलन जारी गरेको अनेरास्ववियु गण्डकी, मणिपाल कलेज, जिल्ला प्रशासन कास्की र मणिपालनमा अध्ययनरत विद्यार्थीहरुको रोहबरमा बुधबार(आज) सर्वपक्षिय छलफलबाट चिकित्सा शिक्षा आयोगबाट तोकेको शुल्क बाहेक अतिरिक्त शुल्क नलिने भनि ५ बुँदे सम्झौता भएको हो ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्ने गराउने, तोकिएको शुल्क बाहेक अतिरिक्त शुल्क नलिने, सम्वन्धि पक्षसँग सहकार्य गर्दै अगाडी बढ्ने, आन्दोलनका क्रममा लगाइएको ताला खोल्ने सम्झौतामा उल्लेख छ ।

 

 

कमेन्टहरु
Loading...