दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते, ३ को अवस्था गम्भिर

पोखरा । दाङको बबइमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–३का सोही जिपका मालिक अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।

सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना भएको हो ।
बबइ गाउँपालिका–३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

कमेन्टहरु
Loading...