नेकपा एमालेद्वारा नेतृ सिता गिरी ओलीका बुबाप्रति श्रद्धाञ्जली

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी तथा विभिन्न वडा कमिटीले एमाले नेतृ तथा पूर्व सभासद सिता गिरी ओलीका बुबा हरिलाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आज विभिन्न एमाले कमिटीहरुले पोखरा ५ प्रस्याङस्थित निवासमा गई श्रद्धाञ्जली अर्पण गरेको हो ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री तथा एमाले केन्द्रीय सदस्य जगत विक, गण्डकी प्रदेश सभासद प्रभा कोइराला, कास्की जिल्ला कमिटी अध्यक्ष कृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्री, माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङ, पोखरा महानगर प्रवक्ता धन बहादुर नेपाली, कास्कीका विभिन्न वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो ।

नेकपा एमाले पोखरा वडा ५ कमिटीका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन माछापुच्छ्रे वडा ५ कमिटीका सचिव हुमलाल लामिछानेले गरेका थिए ।

असोज १८ गते स्वर्गारोहण भएका गिरीका ३ छोरा गोपाल गिरी, डिल्लीराम गिरी, राम गिरी र २ छोरी सिता गिरी ओली, मिठु गिरी छन् ।

 

कमेन्टहरु
Loading...