गन्थन संवाददाता । पोखरा सराङकोट स्थायी ठेगाना भएका हाल पोखरा ५ जिरो किमी बस्ने रामजी जिसी (मुक्ति) हिजो शनिबार दिउसो देखि बेपत्ता भएका छन् ।
घरबाट दिउसो करिब २, ३ बजेतिर बारिमा जान्छु भनि हिडेका उनी अहिलेसम्म कहाँ कुन अवस्थामा छन् थाहा नभएको उनका छोरा रमेश बहादुर जिसीले गन्थन डटकमलाई बताए ।
बेपत्ता ६३ वर्षीय जिसी प्रेसरका विरामी हुन् । परिवारमा कुनै झैझगडा नभएको र राम्रै अवस्थामा रहिरहँदा यसरी बेपत्ता भएकाले परिवार चिन्तामा छन् । कसैले देख्नुभएमा नजिकको प्रहरी कार्यालय वा उनका छोरा रमेश जिसीको सम्पर्क नं. ९८४६५२९३७५ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।